१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पाल्पा उद्योग वाणिज्य संघको उपाध्यक्षमा कार्की

पाल्पा– पाल्पा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा लोकतान्त्रिक धारका कमलकृष्ण कार्की विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा कार्कीले ९९  मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत जीवन बहादुर थापाले बताए। उनका निकटतम प्रतिस्पर्धी सुजन श्रेष्ठको २० मतमात्र आएको छ। १ सय २२ मत खसेकोमा ३ मत बदर भएको थियो। 

उपाध्यक्षमा निर्वाचित कार्कीलाई नेपाली कांग्रेस र श्रेष्ठलाई नेकपा निकटका व्यवसायीहरूको समर्थन रहेको थियो। उद्योग उपाध्यक्ष राजुप्रसाद श्रेष्ठको उच्च रक्तचापका कारण निधन भएपछि उक्त पद रिक्त रहेका कारण निर्वाचन भएको हो। निर्वाचित कार्कीको पदावधि एक वर्षको लागिमात्र हुनेछ। 

गत जेठ १८ गते हुमिन दुर्घटनमा परी मृत्यु भएका एसोसिएटस् सदस्य विष्णुमान बज्राचार्यको स्थानमा सुरेश कर्माचार्यको मात्र उम्मेद्वारी परेपछि कर्माचार्य निर्विरोध निर्वाचित भएका छन्। यस्तै जेठ १८ गते दुर्घटनामा परी मृत्यु भएका कानुनी सल्लाहकार लोकप्रसाद ढकालको स्थानमा शिवप्रसाद देवकोटालाई नियुिक्त गरिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद ढकालले बताए। 

प्रकाशित: १२ श्रावण २०७५ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App