१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तान्जानियामा ५.७ रेक्टर स्केलको भूकम्प, ११ जनाको मृत्यु

दरेश सलाम–अफ्रिकी मुलुक तान्जानियामा शनिबार गएको ५.७ रेक्टर स्केलको भूकम्पमा परी ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

तान्जानियाका अधिकारीले त्यहाँको उत्तरी भागलाई केन्द्र विन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्पमा परी ११ जनाको मृत्यु हुनुका साथै १ सय ९२ जना घाइते भएको  बताएका छन्। अधिकारीहरुले शक्तिशाली भूकम्पका कारण ठूलो भौतिक क्षति भएको बताएका छन्।

उक्त शक्तिशाली भूकम्पबाट बुकोभा सहर सबै भन्दा बढी प्रभावित भएको जनाइएको छ। भूकम्पको धक्का केन्या, युगान्डा,रुवान्डा र बुरुन्डीलगायतका छिमेकी मुलुकमासमेत महशुस गरिएको बताइएको छ। उद्दार कार्य जारी रहेकाले मृतक तथा घाइतेहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्।

 

प्रकाशित: २६ भाद्र २०७३ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App