१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फुटबलको नयाँ तालिका सार्वजनिक

क्वालालम्पुर – एसियन फुटबल महासंघ (एएफसी) ले बुधबार युनाइडेड अरब इमिरेट्स (युएई) र प्यालेस्टाइनलाई समावेश गर्दै अर्को महिना इन्डोनेसियामा हुने एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको नयाँ खेलतालिका सार्वजनिक गरेको छ।

एएफसीले यसअघि २४ टोली सहभागी हुने भन्दै खेलतालिका सार्वजनिक गरेको थियो । तर अन्तिम समयमा युएई र प्यालेन्टाइनले खेल्ने बताएपछि एएफसीले पुनः खेलतालिका सार्वजनिक गरेको हो । नयाँ खेलतालिका सार्वजनिक भए पनि नेपाल सम्मिलित समूहमा कुनै परिवर्तन नभएकाले खासै फरक नपरेको नेपालका कप्तान विराज महर्जनले बताए।

‘नयाँ तालिका आएको छ तर, हाम्रो समूहमा कुनै परिवर्तन छैन । त्यसकारण यसले नेपाललाई कुनै फरक पर्दैन,’ नेपालका कप्तान महर्जनले थपे, ‘समूहमा जापान र भियतनामलाई हामीले बलियो टोलीका रूपमा लिएका छौं र तयारी पनि त्यसैअनुरूप भएको छ।’

कप्तान महर्जनले एसियाली खेलकुद नेपाललाई साफ च्याम्पियनसिपका लागि राम्रो तयारी हुने बताए । ‘टोलीमा यु–२३ का खेलाडीहरु धेरै छन् । तयारी राम्रो भइरहेको छ । सिनियर खेलाडीबाट रोहित चन्द, किरण चेमजोङ र विशाल राई टोलीमा पर्ने सम्भावना छ,’ कप्तान महर्जनले थपे, ‘एसियन गेम्स र साफलाई मध्यनजर गर्दै हामीले तयारी गरिरहेका छौं । एसियाली खेलकुदमा जापान र भियतनाम धेरै बलिया टोली हुन् । जापानसँग बराबरी खेल्नु नै ठूलो कुरा हो।

एएफसीले यसअघि २४ टोली सहभागी हुने भन्दै खेलतालिका सार्वजनिक गरेको थियो । तर अन्तिम समयमा युएई र प्यालेन्टाइनले खेल्ने बताएपछि एएफसीले पुनः खेलतालिका सार्वजनिक गरेको हो।

भियतनामसँग क्षमताअनुसारको प्रदर्शन गर्याैं भने नतिजा निकाल्न पनि सक्छौं । हामीले धरै माथिसम्म सोच्नुभन्दा पनि यो प्रतियोगितालाई साफको तयारीका रूपमा लिएका छौं।’

नेपालले यी दुई प्रतियोगिताको तयारीका लागि झन्डै दुई महिनाअघिबाट बन्द प्रशिक्षण सुरु गरेको थियो । प्रशिक्षक ग्योतोकु कोजीले यस पटक अन्जन विष्ट, राजेन्द्र रावल, रजिन धिमाल, जितेन्द्र कार्कीलगायतका सिनियर खेलाडीलाई बन्द सत्रमा बोलाएका छैनन्।  

एएफसीले सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार नेपालले समूह ‘डी’ मा जापान, भियतनाम र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह ‘ए’ मा आयोजक इन्डोनेसिया, लाओस, हङकङ, चाइनिज ताइपे र प्यालेस्टाइन छन् भने समूह ‘बी’ मा थाइल्यान्ड, उज्वेकिस्तान, कतार र बंगलादेश छन् । त्यस्तै समूह ‘सी’ मा इराक, चीन, टिमोर लिस्टे र सिरिया छन् भने समूह ‘ई’ मा रहेको  दक्षिण कोरिया, बहराइन, किर्गिस्तान, मलेसिया र युएई छन् । समूह ‘एफ’मा उत्तर कोरिया, साउदी अरेबिया, इरान र म्यानमार छन्।

एएफसीका महासचिव विन्सोर जोनले प्रतियोगिता खेल्न युएई र प्यालेस्टाइनले नाम दर्ता गराउने प्रयास गरे पनि  एसियन गेम्सका आयोजकले एएफसीसमक्ष उनीहरूको नाम दिन ढिलाइ गर्दा यसअघि गरिएको खेलतालिकामा उनीहरूलाई समावेश गर्न नसकिएको बताए । जोनले प्राविधिक कारणले उनीहरूको नाम दिन नसकेको आयोजकले बताएपछि आफूहरूले पुनः खेलतालिका सार्वजनिक गरेको बताए।

उनले एएफसीले प्रतियोगिता सञ्चालन नगर्ने स्पष्ट पार्दै ओलम्पिक काउन्सिल अफ एसिया र इन्डोनेसियाको आयोजक कमिटीमा मात्र खेलतालिका सार्वजनिक गरिएको बताए । एसियन गेम्सका आयोजक कमिटीका महासचिव इरिस हेर्नानाटोले युएई र प्यालेस्टाइनले नाम दर्ताको प्रक्रिया नबुझेकाले प्राविधिक समस्या आएको बताए।

‘उनीहरूले नाम दर्ता गराउदा गल्ती गरे । सम्भवत उनीहरूले  एक जना खेलाडीको नाम बढी दर्ता गराएको हुनुपर्छ,’ जोनले भने । एसियन गेम्स इन्डोनेसियाको राजधानी जाकार्ता र पालेबाङमा अगस्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने भए पनि पुरुष फुटबलका खेल भने अग्रस्ट १४ बाटै सुरु हुनेछन्।

पुरुष फुटबल खेलतालिका

समूह ‘ए’
इन्डोनेसिया
लाओस
हङ्कङ
चाइनिज ताइपे

प्यालेस्टाइन
समूह ‘बी’
कतार 
उज्वेकिस्तान
थाइल्याण्ड
बंगलादेश
समूह ‘सी’  
इराक
चीन
टिमोर लिस्टे
सिरिया
समूह ‘डी’
नेपाल
जापान
पाकिस्तान
भियतनाम
समूह ‘ई’
दक्षिण कोरिया
बहराइन
किर्गिस्तान
मलेसिया
युएई
समूह ‘एफ’
उत्तर कोरिया
साउदी अरब
इरान
म्यानमार

प्रकाशित: १० श्रावण २०७५ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App