म किन ट्विटरबाट पछि हटेँ?

बिहिबार, १० साउन २०७५, ०८ : ३१ म्यागी हाबरम्यान

अन्तिम आइतबार बिहान जब ट्विटर स्क्रोल गरिरहेको थिएँ, मनमा एकखालको चिन्ता महसुस गरिरहेको थिएँ। मैले राम्रो शैलीमा एउटा ट्विट लेखेको थिएँ। त्यसमा आएको टिप्पणी हेरेपछि मैले लेखेको त्यो ट्विट हटाइदिएँ । त्यसको टिप्पणी अर्को दुई घण्टासम्म बारम्बार आइरहेको थियो।

साँझ मैले मेरो घनिष्ठ साथीसँग मलाई ट्विटरप्रति घृणा लाग्छ भनेर गुनासो गरेको थिएँ । यो विकृत बहस थियो जहाँ मैले मेरो स्वर रोक्न सकिनँ । यदि म ट्विटरबाट टाढा भइनँ भने के खराब हुन सक्छ भनेर उनले भनेकी थिइन् । त्यहाँ मैले सोच्न सक्ने केही थिएन । र, त्यसपछि अन्तिम आइतबार मैले ट्विटर बन्द गरेँ।

लगभग नौ वर्षमा १ लाख ८७ हजार ट्विट्स गर्दासम्म मैले ट्विटरमा पर्याप्त प्रयोग गरेको छु र यसले मेरालागि राम्रो काम गर्दैन भन्ने लागेको छ । कहिलेकाहीँ फरक तरिकाले म यसमा पुनः संलग्न हुन सकुँला । ट्विटर एउटा नकारात्मक प्लेटफर्म हुन लागेको छ जहाँ कुनै कुरा सिक्नु र जानकारी बटुल्नुको साटो त्रुटिपूर्ण समाचारमा अनावश्यक बहस र अपवादलाई छाडेर मानिसको चरित्र हत्या गर्नेखालका व्यंग्यात्मक आलोचनाको केन्द्र हुन थालेको छ।

यसमा आक्रोशपूर्ण आलोचना, बौद्धिक बेइमानी, राजनीतिक विषयमा अनविज्ञता शैलीमा हावादारी बहस र यौनवादका कुरो जुनैबेला पनि उच्च हुन्छ र कहिले रोकिनेखालका हुँदैनन् । यहाँ आक्रोशित र असन्तुष्ट भएका मानिसले रिस धेरै पोख्ने गरेका छन् जहाँ निःशुल्क भाषण बहुमूल्य लाग्छ । ट्विटर अब धेरै प्रयोगकर्ताका लागि आक्रोश पोख्ने भिडियो गेम हो । यो एउटा त्यस्तो प्लेटफर्म हो जहाँ मानिसले प्रत्यक्षरूपमा कसैलाई भन्न नसकेका कुरा स्वतन्त्ररूपमा भन्न सकेका छन् । मेरा लागि भने यो व्यर्थमा समय र मानसिक ऊर्जा खर्चने थलो भएको थियो।

यसको नकारात्मक पक्ष भनेको सबैजना सबै विषयमा विज्ञ भएझैँ तर्क गर्छन्। ट्रम्पले दाबी गरेअनुसार पत्रकारहरूले विपक्षी दलका रूपमा व्यवहार गर्दै गएका छन्।

म ट्विटरभक्त होइन् । सन् २०१२ को अभियान जहाँ पहिलोपटक पत्रकार र अभियानका सहयोगीले व्यापकरूपमा यसको प्रयोग गरेका थिए, मैले आफूभन्दा साना पत्रकारलाई गाली गरेको थिएँ, लाग्थ्यो, मैले यसको प्रयोग गरेँ।

उनीहरूले विभिन्न कार्यक्रममा सहभागी भएका फोटो, महत्वपूर्ण कुरा र निजी जोक्ससमेत ट्विटमा राख्न थालेका थिए। उनीहरूले आफ्ना ट्विटलाई समाचार प्रसारण गरेझैँ लेखिरहँदा मलाई घृणा लाग्थ्यो । तर छोटो समयमा चर्चा बटुल्न चाहनेहरूका लागि ट्विटरमा हुने गतिविधि सामान्य लाग्न सक्छ, जहाँ लगभग तीन घण्टामा नयाँ गतिविधि हुन्छ।

अनि मैले यसको प्रयोग गरेर आफ्नै कथा प्रचार गर्न पाएको छु । म विभिन्न सन्दर्भ यसलाई प्रदान गर्न चाहन्छु । मैले मेरो रिपोर्टिङ र सहकर्मीहरूको रक्षा गर्न पाएको छु । मैले भेट्न नसकेका मानिसलाई ट्विटरको माध्यमबाट भेटेको छु। जसमा अन्यथा छैन । पाठकहरूले मलाई सिधा सन्देशमार्फत कथाहरूको सुझाव पठाएका हुन्थे । यो माध्यम ठीकै थियो।

तर अहिले माध्यम परिवर्तन भएको छ । मैले फलो गरेकाहरू बारम्बार ट्विट गरिरहेका हुन्छन् र मैले अपडेटका लागि निरन्तर हेर्न थालेँ । दिन र रात समय नभनीकन म उनीहरूको ट्विट पछ्याइरहेको हुन्थेँ । भर्खरै मैले विचारशील बहसहरूमा संलग्न हुँदा अनावश्यक समय खर्चेको, तल्लो स्तरको भाषा प्रयोग गरेर ट्विटहरू गरेँ। अर्कोपटक, मैले देखेको छु कि विभाजित राष्ट्रिय संरक्षणको वार्तालापमा अपमानजनक टिप्पणी गरिएको थियो।

कुन विषयको महत्व हुन्छ र हुन्न भन्ने अवधारणामा रहेर ट्विटरमा सबैको आकार घटाइन्छ, यसलाई बुझ्न गाह्रो बनाइएको छ। के हो ठूलो कुरा ? के हो र के छैन? सबैखालका आक्रोशको मापन बराबर हुन्छन्। र, यसले महत्वपूर्ण घटनाका लागि कठिन बनाउँछ। जस्तै– ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको असाधारण प्रदर्शन।

अझ महत्वपूर्ण छ, ट्रम्पले आफ्ना वरिपरि भएका सबैलाई पत्रकारहरूको विभिन्न ढाँचा सुनाउने गरेका छन्। अनि ट्विटरमा मानिसले त्यही तरिकामा मलाई प्रतिक्रिया दिन थालेका छन्, जस्तै कि म राष्ट्रपतिको कथामा एक नायक हुँ। मैले आफैँलाई ट्विटरमा विभिन्न मानिसको हमलाहरूको स्वार्थको बीचमा पाएको छु, जहाँ ट्रम्प युगमा धेरै अन्य पत्रकारले भोगेका छन् । उनले मिडिया उनीजत्तिकै शक्तिशाली छ भन्नेखालका छाप बनाइदिएका छन् र व्यक्तिगतरूपमा पत्रकारलाई ट्विटमार्फत हमला गरिरहेका छन्।

तर हामीमध्ये धेरै उनको कथाको भाग हुन चाहँदैनौँ। ट्विटर महत्वपूर्ण र उपयोगी प्लेटफर्म हो। यो समाचारहरू ब्रेक गर्ने मुख्य केन्द्र हो। म अझै पनि ब्रेक न्यूजहरू थाहा पाउन ट्विटर हेरिरहेको हुन्छु। र, यो लोकतान्त्रिक हो, सबैले बोल्न पाउनुपर्छ। यसको नकारात्मक पक्ष भनेको सबैजना सबै विषयमा विज्ञ भएझैँ तर्क गर्छन्।

ट्विटरका अनुसार त्यहाँ पत्रकारहरूको भूमिकाबारे विवादास्पद बहस छ। ट्रम्पले दाबी गरेअनुसार पत्रकारहरूले विपक्षी दलका रूपमा व्यवहार गर्दै गएका छन्। यो पत्रकारिताबारे महत्वपूर्ण छलफल हो, जसमा हामीले सन् २०१६ को अभियानमा कस्तो प्रदर्शन गरेका थियौँ तर ट्विटर त्यो प्लेटफर्म हुन सकेन जहाँ विचारशील छलफल हुन सक्छ।

करिब २० महिनामा राष्ट्रपति ट्रम्प चयन भइसक्दा मैले ७ सय हजारभन्दा बढी फलोअर ट्विटरमा पाएको थिएँ। यत्रा फलोअर पाउनुको कारण म आफैँलाई मान्छु। मैले पाठकहरूसँग अन्तक्र्रिया गर्दा आनन्दित महसुस गर्ने गरेको छु र आशावादी छु कि एकदिन फेरि फर्कनेछु। यो चाँडै भने हुनेछैन।

(न्युयाेर्क टाइम्सकी ह्वाइट हाउस संवाददाता)






यसमा तपाईको मत

अन्य समाचार

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

Ncell Footer Ad