१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सबै नेपालीको सरोकार उद्यम: उद्योगमन्त्री जोशी

पाल्पा- उद्योगमन्त्री नविन्द्रराज जोशीले प्रत्येक नेपालीको सरोकारको विषय उद्यमशीलता बन्न सकेमा उद्यमको विकास हुने र देश समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन्।

                शनिबार पाल्पा उद्योग वाणिज्य संघको ६० औं साधारण सभा तथा १४ औं अधिवेशनको तानसेनमा उद्घाटन गर्दै उद्योग मन्त्री जोशीले नेपालमा सञ्चालित उद्योगहरुलाई जनताको प्रत्यक्ष सम्बन्ध स्थापित गरेर उद्यमी बनाउनकालागि प्रयत्न गर्ने बताए । उनी भन्छन्, ‘आन्तरिक स्रोत परिचालन गर्ने र वैदेशिक लगानीलाई प्रवद्र्धन गर्न गरि योजना बनाएको छु । घरेलु, कुटिर र साना उद्योगको संरक्षण गर्दै ठूला उद्योगको विकास तथा विस्तार गरि आर्थिक क्रान्तिको बाटोमा अगाडी बढ्न सकिनेछ ।’ राजनीतिक स्थायीत्वका लागि आर्थिक क्रान्ति आवश्यक रहेकोले उद्यमशीलताको विकास अनिवार्य आवश्यकता बनेको उल्लेख गरेका थिए । जोशी भन्छन्, उद्योगको स्थापनालाई भविष्यप्रति केन्द्रित गरि लगानी सुनिश्चितता प्रदान गर्न सरकार लागि परेको छ ।

                सरकार आफैंमा अमूर्त भएता पनि मूर्त काम गरि अगाढी बढ्ने मन्त्री जोशीको भनाई थियो । घरमै बसेर उद्योग दर्ता गर्ने प्रक्रिया अगाडी उद्योग मन्त्रालयले अगाडी बढाएको जोशीले बताए ।

                उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले नेपालमा ७० प्रतिशत बढी राजस्व नीजि क्षेत्रले व्यहोर्दै आएको बताए । ‘उद्योग व्यवसाय ऐन, श्रम ऐन, सामाजिक सुरक्षा ऐन जस्ता ४० विधेयक संसदमा अड्किएको छ । युद्धस्तरमा काम गरि अगाडी नबढ्ने र भारतसँग तत्काल विद्युत खरीद नगर्ने हो भने देश आर्थिक समस्यामा बल्झिन्छ,’–महासंघ उपाध्यक्ष गोल्छाले भने । सरकार आँफैले रोजगार प्रदान नगर्ने र ७० प्रति बढी रोजगार सिर्जना गर्ने नीजि क्षेत्रलाई ध्यान नदिने हो भने विप्रेषणलेमात्र देश सञ्चालन हुन नसक्ने गोल्छाले बताएका थिए ।

                शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको नारा बोकेको पाल्पामा ठूला उद्योगको न्यून संम्भावना भएता पनि उद्यमशीलताको अवाभमा जिल्लाको कुटिर तथा साना उद्योगको रुपमा रहेको करुवा र ढाका लोप हुने अवस्थामा पुगेको संघका महासचिव भीमसेन कार्कीले बताएका थिए । असोज ८ गते संघको नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०७३ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App