१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

माल्कोमका लागि बार्सिलोना र रोमाको होडबाजी

बोर्डेउक्स – बार्सिलोनाबाट अन्तिम समयमा प्रस्ताव आएपछि बोर्डेउक्सले ब्राजिली विंगर माल्कोमको एएस रोमा सरुवा रोकेको फ्रान्सेली क्लबको स्रोतले सोमबार बताएको छ।

‘बार्सिलोनाबाट उनका लागि प्रस्ताव आएको छ,’ स्रोतले भन्यो । बोर्डेउक्सले सोमबारै बिहान माल्कोमलाई इटालियन महारथी रोमामा बेच्ने सहमति गरेको थियो । २१ वर्षे माल्कोम सोमबारै मेडिकलका लागि रोम पुग्ने र मंगलबार उनी नयाँ टिम सहयात्रीसँग अमेरिकाको प्रि–सिजन भ्रमणमा निस्कने अपेक्षा गरिएको थियो । तर लिग वानको टोली बोर्डेउक्सले अन्तिम समयमा उनको यात्रा रद्द गरेको थियो।

चेल्सीबाट ब्राजिली अन्तर्राष्ट्रिय खेलाडी विलियन भित्र्याउने प्रयास असफल भएपछि बार्सिलोनाले माल्कोमका लागि प्रस्ताव गरेको बताइएको छ । इटालियन सञ्चारमाध्यमका अनुसार बार्सिलोनाले माल्कोमका लागि रोमाको ४ करोड ४४ लाख डलरभन्दा बढीको प्रस्ताव गरेको थियो।

गत सिजनमा बोर्डेउक्सका लागि फ्रान्सेली लिग वानका ३५ खेलमा १२ गोल गरेका माल्कोमलाई भित्र्याउन बार्सिलोना र रोमासँगै इङलिस प्रिमियर लिगका आर्सनल र टोटेनह्याम पनि इच्छुक थिए । तर इङलिस क्लबले विदेशी खेलाडी अनुबन्धित गरे पनि खेलाउन बेलायती श्रम इजाजत लिनुपर्ने भएकाले रोमा र बार्सिलोना दौडमा अघि लागेका हुन्।

प्रकाशित: ९ श्रावण २०७५ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App