१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ओजिलको निर्णयले लोउ आश्चर्यचकित


बर्लिन – जर्मनीका प्रशिक्षक जोचिम लोउले मंगलबार मिडफिल्डर मेसुट ओजिलको अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने निर्णयले आश्यर्चचकित भएको बताएका छन्।

लाेउले आफू साराडिनामा छुट्टी मनाइरहेको र ओजिलले ट्विटर तथा इन्स्ट्राग्राममा पोस्ट गरेको सन्देशले मात्र उनको संन्यासका बारेमा जानकारी भएको बताए।

‘मलाई वा जर्मनी फुटबल संघ (डिएफबी)लाई ओजिलको संन्यासका बारेमा केही जानकारी थिएन,’ लोउलाई उद्धृत गर्दै उनका एजेन्ट हारुन आर्सलानले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जर्मनीले २०१४  विश्वकप उपाधि जित्दा टोलीका प्रमुख सदस्य रहेका ओजिलले आइतबार आफूमाथि जातीय विभेद भएको र आफू अपमानित भएको भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए।

ओजिलले आफूमाथि निरन्तर जातीय दुव्र्यवहार भैरहँदा पनि डिएफबीका अध्यक्ष रेनार्ड ग्रिन्डेलले कुनै प्रतिक्रिया नजनाउँदा आफू निराश भएको समेत बताएका थिए । उनले रूस विश्वकपमा टोली पहिलो चरणबाट बाहिरिनुको प्रमुख दोष आफूमाथि लगाइनु  पनि जातीय विभेदकै कारण भएकोे बताएका थिए।

तर जर्मन फुटबल संघले भने ओजिलले लगाएको जातीय विभेदको आरोपको खण्डन गरेको थियो । ओजिलले जर्मनीबाट अन्तर्राष्ट्रिय फुटबल नखेल्ने घोषणा गरेपछि सोमबार जातीय विभेदको मुद्दाले बर्लिन तातिँदा टर्कीको राजधानी अंकारामा भने उनको निर्णयको स्वागत गरिएको थियो।

प्रकाशित: ९ श्रावण २०७५ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App