१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकार–मोर्चा वार्ता सकारात्मक

प्रधानमत्न्त्री कार्यलय सिंहदरबारमा सरकार र ३३ दलीय माेर्चाबीचकाे वार्ता।तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–सरकार र ३३ दलीय मोर्चाबीचको वार्ता सकारात्मक भएको नेताहरुले जनाएका छन्। दोस्रो संविधानसभा बहिष्कार गरेको ३३ दलीय मोर्चाले संविधानसभाबाट जारी भएको संविधानप्रति समर्थन जनाउँदै सामित्व ग्रहण र अपनत्व लिने बताएपछि सरकारसँग वार्ता भएको हो।
बिहीबार प्रधानमन्त्री  कार्यालय सिंहदरबारमा भएको वार्तामा मोर्चाले उठाएका मागप्रति सरकार सकारात्मक भएको ३३ दलीय मोर्चाका सचिव विक्रम कुँवरले जानकारी दिए।
करिव दुई घण्टासम्म भएको वार्तामा प्रधानमन्त्री केपी ओलीले सबै असन्तुष्ट पक्षको जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका थिए। बैठकको सरुमै आफ्नो धारणा राखेर बाहिरिएका प्रधानमन्त्रीले जनताले निर्वाचित गरेको संविधानसभाबाट ९० प्रतिशत सभासदले हस्ताक्षर गरी संविधान जारी भएको भन्दै संविधानप्रति सबैको अपनत्व भएको बताए।
३३ दलीय गठबन्धनले आफूहरुले संविधानसभा बहिष्कार गरेकाले नयाँ संविधानको स्वामित्व ग्रहण र अपनत्व महशुस गर्ने वातावरण सरकारले मिलाउने पर्ने, ३३ दलीय मोर्चाले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन पाउनुपर्ने तथा जनताका मुलभूत समस्या समाधान गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने लगायतका माग राखेको थियो।
मोर्चाको मागप्रति सरकारमा सहभागी सबै दलसँग छलफल गरी मन्त्रिपरिषदबाट निर्णय गर्ने सरकारले प्रतिबद्धता जनाएको छ। सरकारले मोर्चाको मागप्रति धारणा बनाएपछि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको सचिव कुँवरले जानकारी दिए।

 

प्रकाशित: ९ असार २०७३ १०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App