१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

समस्या समाधानप्रति सरकार गम्भीरः पोखरेल

महोत्तरी–माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेलले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अगाडि विवादित विषयमा सहमति गर्नसरकार लागि परेको बताएका छन्।

शनिबार सदरमुकाम जलेश्वरमा संचारकर्मी कुरा गर्दै पूर्व शिक्षा मन्त्री रहेका पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण अगाडि राजनीतिक शक्तिबीच सहमति बनाउने प्रयास भइरहेको बताएका हुन्। संविधान सर्व स्विकार्य बनाउन संशोधन आवश्यक रहेको भन्दै सरकारले मधेसी दल, संघीय गठबन्धन, आदिवासीजनजातिलगायतसँग वार्ता र छलफल गरिरहेको बताए।

‘कतिपय मागहरु पूरा गर्ने दिशामा सरकार अगाडि बढिरहेको छ,’ उनले भने , ‘सहिद घोषणा, घाइतेको उपचार र आन्दोलनको घटनाबारे छानविन गर्ने कार्यहरु भइरहेको छ।’ अहिले संविधान संशोधनको काम अगाडि बढाउने विषयमा सरकार केन्द्रित रहेको उनको भनाइ थियो।

‘सकेसम्म प्रधानमन्त्रीको भारत भ्रमण अगावै देश भित्रका राजनीतिक शक्ति सहमति पुग्न आवश्यक छ,’ उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण अगावै सहमति गर्न सकिए जनतामा एउटा राम्रो सन्देश जाने थियो, फर्केर आएपछि सहमति हुँदा नराम्रो सन्देश जाने सम्भावना छ।’
संविधान संशोधनमा एमाले सकारात्मक नरहेकाले उसलाई पनि सहमतिमा ल्याउन सरकार प्रयासरत रहेको पोख्रेलले स्पष्ट पारे।

 

प्रकाशित: २५ भाद्र २०७३ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App