१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तीन वर्षीय बालकमाथि एसिड आक्रमण, तीन जना पक्राउ

तस्बिर : एजेन्सी

लन्डन– एक तीन वर्षीय बालकमाथि शंकास्पद एसिड आक्रमण गरेको अभियोगमा तीन जना मानिस पक्राउ परेका छन्।

बेलायतको ओरकेस्टरमा रहेको होम बार्गेन्समा स्थानीय समयअनुसार शनिबार दिउँसो दुई बजेर १५ मिनेटमा भएको आक्रमण पूरै सुझबुझका साथ गरिएको बताइएको छ । आक्रमणका बेला ती बालक आफ्नो खैलौना गाडीमा रहेको बेलायती अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

बालकलाई शंकास्पद एसिड आक्रमण गरेर गम्भीर शारीरिक हानी पुर्याएको अभियोगमा २२, २५ र २६ वर्षका तीन संदिग्ध पक्राउ परेको वेस्ट मेर्सिया प्रहरीले बताएको छ । एसिड आक्रमणमा परेका ती बालकलाई उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको बिबिसीले उल्लेख गरेको छ । पाखुरा र अनुहारमा गम्भीर चोट लागेका ती बालक जलेको अवस्थामा अस्पताल पुर्याइएका थिए ।एसिडका कारण उनको स्वास्थ्यमा हुनसक्ने लामो सयमसम्मको असरबारे भने केही नभनिएको वेस्ट मर्सिया प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । तीन वर्षका बालकमाथि किन एसिड आक्रमण गरियो भन्नेबारे भने अझै प्रष्ट नभएको अधिकारीहरुले बताएका छन्।

वाल्थमस्टोको ठेगानाबाट तीनै जना संदिग्ध पक्राउ परेको महानगरीय प्रहरीले जनाएको छ ।बालकको शरीरमा गम्भीर चोट पुर्याउने उद्देश्यसहित आक्रमणमा संलग्न रहेको आरोपमा वल्भरहाम्पटनबाट आइतबार पक्राउ परेका ३९ वर्षीय मानिस पनि अझै प्रहरी हिरासतमै रहेको अधिकारीहरुले बताएका छन् ।‘ताल्लो हिलमा रहेको स्रब रिटेल पार्कमा आफ्नै परिवारका सदस्यसँगै रहेका बेला बालकमाथि एसिड वा भयानक पदार्थ फ्याँकिएको वा छर्किएको हुनसक्छ,’ प्रहरीले बताएको छ ।

बालकका परिवारले विशेषज्ञ चिकित्सकीय सेवा र प्रहरी समर्थन पाइरहेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘बालकमाथि लागेको चोट जीवन परिवर्तन गर्ने खालको नहोस् भनेर हामीले आशा गरिरहेका छौं । बालकमाथि गम्भीर चोट लागेको छ र अहिले नै केही भन्नु हतार हुने भए पनि अवस्था सकारात्मक नै देखिएको छ,’ प्रहरी स्रोतले बिबिसीलाई बताएको छ ।‘बालक र बालकको परिवारलाई आवश्यक पर्ने सबै चिज गरिएको छ,’ प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ८ श्रावण २०७५ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App