१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामा युद्धविराम गराउन केरी जेनेभामा

जेनेभा– सिरियामा युद्धविराम गर्न रुसलाई दवाव दिन अमेरिकी विदेश मन्त्री जोन केरी जेनेभा जानु भएको छ। उनले रसियाका विदेश मन्त्री सेर्गेइ लाभरोभलाई नभेट्न पनि सक्ने तर युद्धविरामका लागि केही न केही प्रगती भने गराउने उनीसँगै रहेका अधिकारीहरुले बताएका छन्।

केरी फर्किनुभन्दा अगाडी उनीहरुका वीचमा कुनै संझौता हुने सुनिश्चितता त छैन, तर सम्वन्ध सुधार भने हुने अपेक्षा गरिएको छ। सिरियाका राष्ट्रपति बसर अल असदको आफ्नै नागरिकहरु माथी बम प्रहार गरिरहने क्रमलाई रोक्नका लागि रुसको तर्फबाट ठोस कदम चालिनु पर्ने अमेरिकाको चाहना छ।

“हामीलाई यस्तो देख्न चाहन्छौ की, रसियासँंग जे भईरहेको छ, त्यसले घेराहालेर आत्मसमर्पण गराउने अवस्था नआओस्, तत्काल केही न केही सम्झौता होस्”, अमेरिकी उच्च अधिकारीले भने । “यदी यस्तै अवस्था रहिरहने निष्कर्षमा हामी पुग्नु पर्ने हो भने अनिश्चितकाल सम्म लम्बिने म्याराथुन दौड जस्तो हुन्छ,” उनले थपे। आफूहरुलाई जवरजस्ती हस्तक्षेप गर्ने अवस्थामा नपुर्याउन पनि अमेरिकाले चेतावनी दिएको छ।

सिरियामा जिहादी समुहका विरुद्धमा लड्नका लागि रसियाले अमेरिकासँग सैन्य सहकार्य गर्न सक्ने उनले बताए । यस्तो सहयोग इस्लामिक स्टेट र नुस्रा फ्रन्ट गु्रप विरुद्ध लड्नका लागि अमेरिकाले धेरै नजिक रहेर गर्न सक्ने बताएको छ ।

अर्का वरिष्ठ अधिकारीले भने “शुक्रवार केही विषयमा वार्ता हुन सक्थ्यो, तरपनि हामी कुनै पनि बुँदामा सुनिश्चित हुन सक्दैनौ”

अमेरिका र रसियाका नेताहरुलाई ढिलोमा पनि आउदो फेबु्रअरी सम्ममा सिरियामा युद्धविराम गराउन अन्तर्राष्ट्रिय दवाव परिरहेको छ ।

तर जव सम्म अमेरिकाले विद्रोही शक्तिलाई सघाईरहन्छ, तव सम्म रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि असदका सेनालाई कडा साथ र सहयोग रहिरहने छ ।

केरी र लाभरोभले लगातार भेटवार्ता गरिरहनु भएको छ । गत आईतबार र सोमबार मात्रै जि–२० शिखर सम्मेलन सकिएपछि चीनमा पुटिनले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग कुरा गर्नु भएको थियो ।

तर सिरियामा युद्ध जारी छ भने सिरियाको सवै भन्दा ठुलो सहर एलेप्पोमा असद र रसियाको संयुक्त सेनाले घेराबन्दी गरेको छ । एएफपी
 

प्रकाशित: २५ भाद्र २०७३ ०५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App