१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनका राष्ट्रपति रुवान्डामा

किगाली– चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने भ्रमणका लागि रुवान्डा आइपुगेका छन्। साताव्यापी अफ्रिका भ्रमणमा रहेका राष्ट्रपति सीलाई रुवान्डाका राष्ट्रपति पउल कागामीले सोमबार राजधानी किगालीमा स्वागत गरे।

चीनले अघि सारेका अन्तर्राष्ट्रिय परियोजनामा अफ्रिकाको सहभागिता बढाउने सिलसिलामा राष्ट्रपति सी रुवान्डा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। त्यहाँ रहँदा उनले द्विपक्षीय समझदारी तथा विकासमा सहयोगको घोषणा गर्नेछन्।

राष्ट्रपति सी आइतबार सेनेगल पुगेका थिए। राजधानी डकारमा सेनेगलका राष्ट्रपति म्याक्की सालले उनलाई स्वागत गरेका थिए। यसक्रममा दुबै देशका राष्ट्रपतिले चीनद्वारा निर्मित राष्ट्रिय कुश्ती अखडा हस्तान्तरण गरेका थिए।

प्रकाशित: ७ श्रावण २०७५ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App