१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोन्टेले कानुनी परामर्श लिने

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट बर्खास्त भएका एन्टोनियो कोन्टेले शुक्रबार गुमेको प्रतिष्ठाका लागि कानुनी परामर्श लिने बताएका छन्।

गत सिजन क्लबले प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्य लिए पनि चेल्सी पाँचाैं स्थानमा रहँदै सिजनको अन्त्य गर्न बाध्य भएको थियो । यससँगै चेल्सी अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको थियो।

कोन्टेले क्लब व्यवस्थापनको स्वार्थका कारण आफूले चाहेको खेलाडी अनुबन्धन गर्न नपाएको भन्दै व्यवस्थापनको आलोचना गरेपछि उनको र क्लबको सम्बन्ध चिसिएको बताइएको थियो । तर प्रि–सिजनमा प्रशिक्षणको जिम्मेवारीलाई निरन्तरता दिए कोन्टे चेल्सीमा नै रहने धेरैको अनुमान थियो । चेल्सीले गत साता कोन्टेलाई बर्खास्त गर्दै नेपोलीका प्रशिक्षक माउरिसियो सारीलाई नयाँ प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो।

प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न नसके पनि कोन्टेले चेल्सीलाई गत सिजन एफए कपको उपाधि जिताएका थिए । चेल्सीले फाइनलमा चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । बर्खास्त भएका कोन्टेले क्षतिपूर्तिबापत ९० लाख पाउन्ड पाउने भए पनि त्योभन्दा धेरै प्राप्त गर्ने विश्वास लिएका छन्।

युरोपियन शीर्ष क्लबमा प्रशिक्षकको पदपूर्ति भएको बेला कोन्टे बेरोजगार हुँदा उनका वकिलले क्षतिपूर्तिबापत बढी रकमको माग गर्नेछन् । मेमा प्रशिक्षण अवधि सकिन लागेका रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानपछि कोन्टेलाई स्थान दिने विश्वास लिइएको थियो । यस्तै इटालियन क्लबमा पनि प्रशिक्षक पद खाली छैन । क्लबका पदाधिकरीसँगको चिसोपना, खेलाडी किनबेच र आलोचनापछि चेल्सीले कोन्टेको सम्झौता रोक्ने धम्की दिएको थियो।

प्रकाशित: ६ श्रावण २०७५ ०५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App