१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका छन्। 

मोदीले वर्षे अधिवेशन सुचारू गर्न दिन विपक्षी काँग्रेस र अरु दलका सदस्यहरुसँग आग्रह गरेका हुन्। शुक्रबार बिहान ट्वीट गरेर उनले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलहरुसँग आग्रह गरेको बताइएको छ। 

यो संसदको वर्षे अधिवेशन भएकोले यसले कानुन निर्माणदेखि अरु धेरै काम गर्नुपर्ने भएको र सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा पनि छलफल गरी त्यसबाट समाधान निकाल्न तयार भएको भन्दै संसद सुचारु गर्न आग्रह गरेका हुन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय संसदमा बिहीबारबाट उत्पन्न अवरोध हटाउन विपक्षी काँग्रेससँग आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकार दिएका छन्।  भारतीय संसदमा प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता गराइएको छ। उक्त प्रस्ताव दर्ता गराएसँगै विपक्षी काग्रेस दलले संसद चल्न नदिने भन्दै अवरोध पनि गरेको छ। 

वर्षे अधिवेशन शुरुआत भएको दिन बिहीबार काँग्रेस नेतृत्वमा विपक्षीहरुले लोकसभामा प्रधानमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। त्यसपछि उनीहरुले प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजी गरेका थिए। दर्ता गरेको अविश्वासको प्रस्तावमाथि शुक्रवार बहस र मत विभाजन हुने भएको छ। 

यसअघि संसदले यो बजेट अधिवेशन भएकोले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ताको व्यवस्था नभएको कारण देखाउँदै अविश्वासको प्रस्ताव दर्ताको सूचना पन अस्वीकार गरेको थियो।

प्रकाशित: ४ श्रावण २०७५ ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App