१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुटिनलार्इ ट्रम्पकाे निम्ताे

 वासिङटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी  भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।

 ट्रम्पले आगामी शरद ऋतुमा  पुटिनलार्इ अमेरिका भ्रमणाकाे निम्ताे दिएकाे ट्रम्पका प्रेस सल्लाहाकार सारा स्यान्डर्सले बताए।

 दुई राष्ट्रपति ट्रम्प र पुटिनबीच गत सोमबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा भेटवार्ता भएको थियो । वार्ताका क्रममा उठेका विषयको थोरैमात्र विवरणहरु सार्वजनिक भएका छन्  ।फिनल्यान्डको राजधानी हेल्सिन्कीमा वार्तामा दुई राष्ट्रबीचका केही मुद्दाहरुमा छलफल भएकाे थियाे।

  राष्ट्रपति ट्रम्पले बिहीबार एक  ट्वीट गर्दैै वार्ता उपलब्धिपूर्ण भएको र आफु दोस्रो भेटकाे प्रतिक्षामा रहेकाे बताएका थिए।उनले अागामी  वार्तामा आतंकवाद, इजरायल र परमाणुका विषयमा छलफल हुने बताएका छन्।

 

प्रकाशित: ४ श्रावण २०७५ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App