१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

उत्कृष्ट लय हुने रुटको दाबी


लिड्स – इङ्ल्यान्डका कप्तान जो रुटले जारी उत्कृष्ट लयलाई भारतविरुद्ध अर्को महिना हुने टेस्टमा पनि निरन्तरता दिने बताएका छन् । मंगलबार सम्पन्न तीन एकदिवसीय शृंखलाको पछिल्लो दुई खेलमा लगातार शतक प्रहार गर्दै रुटले इङ्ल्यान्डलाई २–१ ले शृंखला जिताएका थिए।

रुटले मंगलबार अन्तिम एकदिवसीय खेलमा शतक पूरा गर्नुका साथै विजयी रन प्रहार गरेपछि ब्याट मैदानमा खसाल्दैै खुसीयाली मनाएका थिए । तर उनले आगामी दिनमा अस्वाभाविक तरिकाले खुसी नमनाउने बताए । शतक प्रहार गरेपछि कुनै पनि खेलाडीले ब्याट उठाएर खुसी मनाउने भए पनि रुटले भने ब्याट मैदानमा खसाए।

‘त्यति बेला मैले तत्कालै गल्ती महसुस गरें,’ रुटले भने, ‘मैले आजका दिनसम्म मैदानमा गरेको यो नै सबैभन्दा नराम्रो घटना हो । जसका कारण म आलोचित भैरहेको छु र टोलीका सदस्यले पनि मलाई मेरो गल्ती आैंल्याइरहेका छन् । त्यसैले म अबका दिनमा यस्तो गल्ती नदोहोर्याउन प्रतिबद्ध छु।’

रुटले ट्वान्टी–२० शृंखला र पहिलो एकदिवसीय खेलमा भारतीय स्पिनर कुलदीप यादवविरुद्ध संघर्ष गरे पनि टेस्टमा भने उनीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी देखिए । कुलदीपले पहिलो ट्वान्टी–२० खेलमा रुटलाई खाता खोल्नै नदिई विकेटकिपर महेन्द्रसिंह धोनीबाट स्पम्टिङ गराएका थिए भने एकदिवसीय खेलमा भारतले ८ विकेटको जित निकाल्दा रुटलाई उनले एलबिडब्लु धरापमा पारेका थिए।

रुट कुलदीपको बलमा संघर्ष गर्ने एक मात्र ब्याट्सम्यान हुन् । ६ ओभर बलिङ गर्दै २५ रन खर्चिएका कुलदीपले इङ्ल्यान्डविरुद्धको एकदिवसीय इतिहासमा सबैभन्दा राम्रो प्रदर्शन गरेका हुन् । तर शनिबार लर्ड्समा दृश्य फरक बन्यो । किनभने रुटले १ सय १३ रनमा अविजित रहँदै १३औं शतक पूरा गरे । तीन खेलको शृंखलाअन्तर्गत अन्तिम खेलमा रुटले गरेकोे उत्कृष्ट प्रदर्शनको मद्दतमा इङ्ल्यान्डले भारतमाथि ८६ रनको जित निकाल्न सफल भएको थियो।

बुधबार टेस्ट टिममा पनि समावेश गरिएका कारण इङ्ल्यान्डले कुलदीपलाई फेरि झेल्नुपर्नेछ । उनी पाँचमध्ये पहिलो तीन खेलका लागि टोलीमा समावेश भएका छन् । टेस्ट खेल बर्मिङ्घममा अगस्ट १ देखि हुँदै छ।

प्रकाशित: ४ श्रावण २०७५ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App