१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जापानमा इनियस्टाको स्वागत

टोकियो – बार्सिलोनाका पूर्वसुपरस्टार आन्द्रियास इनियस्टालाई नयाँ क्लब भिसेल कोबेको करियर अगाडि बढाउन बुधबार जापान पुग्दा सयौं समर्थकले आत्मीय स्वागत गरेका छन्।

बार्सिलोनाबाट ३२ वटा ठूला उपाधि जितेका ३४ वर्षे विश्वकप विजेता स्पेनिस खेलाडी इनियस्टाले गत मेमा कोबेसँग आकर्षक रकममा सम्झौता गरेका थिए । बार्सिलोनाका लागि ६ सयभन्दा बढी खेलमा मैदान उत्रिएका उनी कोबेका लागि बुधबार पश्चिमी जापानको ओसाकास्थित कान्साई विमानस्थलमा पुग्दा झन्डै ३ सय समर्थक उनको स्वागतमा उपस्थित थिए।

‘म जापान आउनका लागि लामो समयदेखि प्रतीक्षारत थिएँ । अब म चाँडोभन्दा चाँडो मैदान उत्रिन चाहन्छु,’ इनियस्टाले भने, ‘मेरो विचारमा आइतबारसम्म म खेल्नका लागि तयार भइसक्नेछु । समर्थकलाई राम्रो फुटबल देखाउनु मेरो मुख्य प्राथमिकता हो।’

आर्थिक रूपमा अत्यन्तै धनी चिनियाँ सुपर लिगका क्लबहरूले पछिल्लो समय विश्वका ठूला स्टारहरूलाई आकर्षित गरिरहेका बेला जापानी फुटबलमा आउने इनियस्टा अहिलेसम्मकै ठूला स्टार भएको मानिएको छ।

इनियस्टाले भने चिनियाँ क्लब सरुवाको विकल्प पनि आफूसँग हुनाका बावजुद जापान रोजेको बताएका छन् । कोबेको टिममा इनियस्टाले आर्सनलका पूर्वस्ट्राइकर जर्मनीका लुकास पोडोलस्कीसँग खेल्नेछन्।

 

प्रकाशित: ३ श्रावण २०७५ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App