महोत्तरीमा गाँजा तस्कर र प्रहरीबीच दोहरो भिडन्त

बुधबार, ०२ साउन २०७५, ११ : ०० महेशकुमार दास

महोत्तरी – महोत्तरीमा प्रहरी र गाँजा तस्करबीच मंगलबार मध्यराति दोहारो भिडन्त भएको छ।

एकडारा गाउँपालिका ३  अजमरपटिबाट पर्सा हुँदै भारततर्फ गाँजा तस्करी गरि लैजान  लागेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र बहादुर खडकाको नेतृत्वमा खटिएको प्रहरी टोली र गाँजा तस्करहरूबीच मंगलबार राति साढे ११ बजेको समयमा दोहरो भिडन्त भएको हो।

डिएसपी खडका नेतृत्वको प्रहरी टोली र तस्करहरुबीच एकडारा गाउँपालिका ३ अजरमटि पर्सा सडक खण्डमा जम्काभेट भएपछि दोहरो भिडन्त शुरु भएको थियो।

प्रहरीलाई देखे लगतै १५-१६ जनाको संख्यामा रहेका गाँजा तस्करहरुको तर्फबाट पहिलो ४ राउण्ड फायर भएपछि प्रहरीले पनि जवाफी कारवाहीमा फायर गरेका थिए । प्रहरीको तर्फबाट चार राउण्ड स्यानो पेस्तोल र २ राउण्ड एसएलआरको गोली फायर  भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीले हवाई फायरिङ्ग गरेपछि तस्करहरु ५ वटा पोकामा प्याकिङ्ग गरिएको ३३ किलो गाँजा छाडेर फरार भएका थिए । फायरिङ्गमा कुनै मानवीय क्षति भने नभएको डिएसपी खडकाले बताएका छन्।‘गोप्य सूचनाको आधारमा हामी १५ जना प्रहरी टोली लिएर घटना स्थल पुगे लगतै तस्करहरूको तर्फबाट फायर भएको थियो , त्यस पछि जवाफमा हामीले पनि ६ राउण्ड फायर गर्नुपर्यो । ’ डिएसपी खडकाले भने ‘ प्रहरीले फायर खोलेपछि तस्करहरू पेस्तोल पडकाउँदै ५ वटा पोकामा रहेको गाँजा छाडेर फरार भएका थिए।’

घटना स्थल नजिकै फुलवारी रहेको  र राति अध्याँरो भएकोले मौका छोपी तस्करहरू फायर गर्दै केही गाँजा लिएर नजिकै रहेको थरुवाही नैन्ही वोर्डर हुँदै भारततर्फ भाग्न सफल भएका हुन् ।प्रहरी र तस्करहरूबीच करिब २० मिनेट जति दोहरो भिडन्त भएको थियो । बरामद भएको गाँजाको प्याकिङ्ग गर्ने तरिका र गाँजाको गुणस्तर राम्रो खाले भएकाले सो गाँजा महोत्तरीमै उत्पादित नभई बाहिर जिल्लाबाट ल्याएर महोत्तरी हुँदै भारततर्फ पठाउन लागिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।  

 

    








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad