१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

व्यापार द्वन्द्व हटाउन इयुको आग्रह

तस्बिर : एजेन्सी

बेइजिङ-  युरोपेली युनियनले विश्वका शक्ति राष्ट्रहरूलाई व्यापारका क्षेत्रमा रहेका विवादहरू हटाउन अाग्रह गरेकाे छ ।  

बेइजिङ -  विश्व व्यापारका क्षेत्रमा देखिएकाे विवादकाे परिणाम विगत देखि नै राम्राे नअाएकाले यस्ता विवादहरू हटाउनका लागि युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्कले यस्ताे अाग्रह गरेकाे बताए।

उनले भने–  शक्तिशाली राष्ट्रहरूले त व्यापारजस्तो संवेदनशील विषयमा विवाद बढाउने होइन बरु विवाद उत्पन्न भयो भने त्यसको समाधान गर्ने हो ।उनले  संयुक्तराज्य अमेरिका, रुस र चीनले यसमा बढी ध्यान दिनुपर्नै बताए । पछिल्लो समयमा यी  देशबीच व्यापारका क्षेत्रमा युद्धकै सङ्केत देखिएको छ ।

एक अर्को देशमा आयात या निर्यात हुने सामानमा बढी मात्रामा कर लगाउने गरिएको छ भने कतिपय देशले यस्ता सामानको आयात निर्यात नै बन्द गरेका छन् ।अध्यक्ष टस्कले व्यापार क्षेत्रको विश्वव्यापी प्रचलन एवम् मान्यताहरुको पालना गर्नु युरोपेली युनियन तथा शक्तिशाली देशहरुको कर्तव्य  भएकाे बताएका छन् ।

चीनको राजधानी बेइजिङ्ममा रहेका उनले  सोमबार यहाँ आयोजित कार्यक्रममा भने– अझै पनि द्वन्द्व समाधानका लागि समय छ, केही बिग्रिसकेको छैन ।अध्यक्ष टस्कले सोमबार बिहानै बेइजिङमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गरेका थिए।उक्त भेटका क्रममा उनीहरूबीच हालैका दिनमा देखिएको यो व्यापार क्षेत्रको विवाद समाधानका लागि आवश्यक उपायहरुको बारेमा कुराकानी भएको बताइएको छ ।

उनीसँग युरोपेली युनियनका आर्थिक मामिला हेर्ने वरिष्ट अधिकारीहरु पनि रहेका छन् । उनीहरू र चिनियाँ आर्थिक क्षेत्रका अधिकारीहरुबीच पनि वार्ता भएको थियो ।अमेरिका र चीनबीच पछिल्लो समयमा व्यापारको विषयमा विवाद उत्पन्न भएको छ । सो विवादका कारण दुई देशबीच वाकयुद्ध समेत चलिरहेको छ ।

शुरुमा अमेरिका आयात हुने चिनियाँ केही समानमा अमेरिकाले पहिलेको तुलनामा करको मात्रामा भारी वृद्धि गरेको थियो भने पछि  बदलामा चीनले पनि अमेरिकी सामानमा कर बढाएकाे थियाे ।

 विवाद पछि रुसतर्फ पनि सरेको छ । अमेरिकाले रूसी सामानहरुमा पनि यसैगरी कर लगाएको थियो । पछि यो समस्याको पनि समाधानको सट्टा वाकयुद्ध नै चलेको बताइएको छ ।

सो विवादको बारेमा दिएको प्रतिक्रियामा युरोपेली युनियनका अध्यक्ष टस्कले भने– विश्वले अहिले व्यापारका क्षेत्रमा विवाद होइन कि सुधार खाेजेको छ, सुधार चाहेको छ त्यसैले समाधानतर्फ जानु अहिलेकाे अावश्यकता हाे।

प्रकाशित: ३२ असार २०७५ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App