१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ- आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ। 

गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो। सो वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए।

हाल उत्तर कोरियाले निशस्त्रीकरणको पालना गरेको बताएको छ। यस विषयमा अमेरिकाले पनि सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ। 

यसैकारण उत्तर कोरियाले पनि आफूलाई विगतमा नाकाबन्दीका कारण विश्व समुदायबाट अलग्याउने प्रयत्न गरिएको भन्दै हाल आफूले निशस्त्रीकरणको विषयमा सिङ्गापुर वार्ताको पालना गरेको भन्दै आफूमाथिको नकाबन्दी हटाउन माग गरेको हो। 

आइतबार प्योङ्याङमा केही चिनियाँ अधिकारीसँगको भेटकाक्रममा उत्तर कोरियाली विदेशमन्त्रीले यो माग गरेकाे प्राप्त समाचारमा जनाइएको छ। यो प्रस्ताव उनले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग गत महिना भएको भेटका क्रममा पनि राखेको जापानी पत्रिका योमिउरी सिम्बुनले लेखेको छ। 

उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग सो आग्रह गरेकाे जापानी पत्रिकाले आइतबारको संस्करणमा गत महिना दिइएको थियो। आफ्ना देशका विरुद्धको नाकाबन्दी हटाउनुपर्ने उत्तर कोरियाको माग रही आएको छ। यस विषयमा चीनको भने कुनै प्रतिक्रिया आएको छैन। 

यसअघि विश्वलाई नै धम्की दिनेगरी उत्तर कोरियाले एकोहोरोरुपमा अणुअस्त्र उत्पादनको काम गर्दै आएको थियो। त्यसपछि भने चीन मात्र नभएर संयुक्त राष्ट्रसंघ र अमेरिकाले पनि उत्तर कोरियामाथि नाकाबन्दी लगाएका थिए। 

प्रकाशित: ३१ असार २०७५ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App