२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पेस्तोल किनबेचमा संलग्न ३ जना नख्खिबोटबाट पक्राउ

काठमाडौं – पेस्तोल किनबेच गरिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ललितपुरको नख्खिपोटबाट जर्मन मेड पेस्तोल किनबेच भइरहेको भन्ने सूचनाका आधारमा तीन जनलाई पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार पक्राउ पर्नेमा रामेछाप दुरागाउँ लिखुका कृष्णबहादुर जोशी, रामेछाप दोरम्बाका आकुमार मुक्तान र ताप्लेजुङ घरभई नख्खिबोट ललितपुर बस्दै आएका हेमराज पौडेल रहेका छन्। उनीहरुको साथबाट ५ राउण्ड गोली र दुई थान म्याजिन पनि बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई पक्राउ गरेर ललितपुर प्रहरीको जिम्मा लगाइएको प्रवक्ता थापाले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ असार २०७५ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App