१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ठुलीभेरी नगरपालिकामा २० ओटा ऐन

डोल्पा – डोल्पाको ठुलीभेरी नगरपालिकाको दोस्रो नगरसभाले पहिलो पटक २० ओटा स्थानीय ऐन, नियमावली, कार्यबिधि र निर्देशिका पारित गरेको छ।
तीन दिनसम्म चलेको नगरसभाले स्थानीय सरकार र यसको अधिकार एवम् कार्यक्षेत्रलाई नेपालको संविधान २०७२ ले प्रत्यायोजन गरेको अधिकार बमोजिम स्थानीय सरकार सञ्चालनार्थ स्थानीय ऐन तयार पारेको नगरपालिकाले जनाएको छ।

डोल्पामा रहेका दुई नगरपालिका र छ गाउँपालिका मध्ये स्थनीय ऐन, कानुन र नियमावली पारित गर्नेमा ठुलीभेरी नगरपालिका पहिलो बनेको छ।

नगरसभाले पारित गरेका स्थानीय ऐन नियमावली र कार्यबिधिहरुमा स्थानीय आर्थिक ऐन २०७५ (संशोधनसहित), ठुलीभेरी नगरपालिकाको आर्थिक बिनियोजन ऐन २०७५, नगरसभा कार्यबिधि २०७५, स्थानीय तहको प्रशासकीय कार्यबिधि नियमित गर्ने ऐन २०७५, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यबिधि सम्बधमा व्यवस्था गर्न बनेको बिधेयक २०७५, स्थानीय तहको उपभोक्ता समिति गठन परिचालन तथा ब्यवस्थापन सम्बन्धि कार्यबिधि २०७५ रहेका छन्।

यस्तै स्थानीय राजपत्र २०७५, स्थानीय तहको सरकारबाट गरिने बजार अनुगमन निर्देशिका २०७५, नगरपालिका संचालन तथा ब्यवस्थापन कार्यबिधि सहितको नियमावली २०७५, बिपत ब्यवस्थापन कार्यबिधि २०७५, आकस्मिक कोष संचालन तथा ब्यवस्थापन कार्यबिधि २०७५, स्थानीय तह सहकारी ऐन २०७५, शिक्षा ऐन २०७५, शिक्षा नियमावली २०७५, कृर्षि व्यवसायी प्रवद्र्धन ऐन २०७५ पनि पारित गरेको छ।

नगरसभाले एकिकृत सम्पति कर ब्यवस्थापन कार्यबिधि २०७५, एफएम रेडियो ब्यवस्थापन तथा संचालन कार्यबिधि २०७५, आर्थिक कार्यबिधि नियमित तथा ब्यवस्थित गर्न बनेको कानुन २०७५,  निर्वाचित प्रतिनिधि सेवा सुबिधा सम्बन्धि कार्यबिधि २०७५ र कर्मचारी छनौट तथा सिफारिस सम्बन्धी कार्यबिधि २०७५ गरेर ९ ओटा स्थानीय सरकार संचालन कार्यबिधि, ६ ओटा स्थानीय ऐन र ५ ओटा स्थानीय नियमावली, निर्देशिका र राजपत्र गरेर २० ओटा ऐन, नियमावली, कार्यबिधि कानुन पारित गरिएको ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले बताए।

प्रकाशित: ३० असार २०७५ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App