२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पहिरोले हेटौंडा–काठमाडौं सडक अबरुद्ध

फाइल फाेटाे

मकवानपुर – हेटौंडा–काठमाडौं सडक खण्ड अन्तरगत मकवानपुरको सिस्नेरी र फाखेलमा पहिरोका कारण यातायात अबरुद्ध भएको छ। पहिरोका कारण सिस्नेरी–काठमाडौं र फाखेल–काठमाडौं सडकमा शुक्रबार बिहानैबाट यातायात चल्न सकेका छैनन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ्गले शुक्रबार बिहान करिब पौने छ बजेदेखि अबरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको बताए।

सिस्नेरी–काठमाडौं सडक खण्डको इन्द्रसरोबर गाउँपालिका–२, सिस्नेरी छेपारेमा पहिरोबाट सडकमा ठुलो–ठुलो ढुङ्गा खसेकाले पञ्छाउने काम भइरहेको उनले बताए।

त्यस्तै, इन्द्रसरोबर गाउँपालिका–२, फाखेल सुकौराको महालक्ष्मी खोलामा खसेको पहिरो डोजरले पन्छाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ। हेटौंडाबाट दामनहुँदै काठमाडौं जाने त्रिभुवन राजपथ भने सुचारु रहेको प्रहरीले जनाएको छ। साना सवारी साधन चल्ने साँघुरो सडक रहेको हेटौंडाबाट सिस्नेरी वा फाखेलहुँदै काठमाडौं पुग्न चार घण्टा मात्र लाग्ने गर्दछ।

प्रकाशित: २९ असार २०७५ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App