१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ब्रेसेक पोल्यान्डका नयाँ प्रशिक्षक

वार्सा – पोल्यान्डले पूर्वकप्तान जेर्जी ब्रिजस्रेकलाई बिहीबार राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

पोल्यान्डले तत्कालीन प्रशिक्षक एडम नाबाल्काको प्रशिक्षणमा रूस भ्रमण सुखद बनाउन नसकेको भन्दै उनीसँगको सम्झौता टुंग्यााएको हो । समूह ‘एच’ मा रहेको पोल्यान्ड समूहचरणबाटै बाहिरिएको थियो।

पहिलो खेलमा सेनेगललाई नतिजा सुम्पिएको पोल्यान्ड दोस्रो खेलमा कोलम्बियासँग ३–० ले पराजित भएको थियो । अन्तिम खेलमा जापानमाथि १–० को जित हात पारे पनि पोल्यान्डका लागि त्यो सान्त्वनामा सीमित भएको थियो।

ब्रिजस्रेक पोल्यान्डले १९९२ मा बार्सिलोनामा भएको ओलम्पिकमा रजत पदक जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए । उनले २०१७ देखि पोल्यान्डको शीर्ष श्रेणीको क्लब विस्ला पोलाकलाई प्रशिक्षण दिइरहेका छन् । ब्रिजस्रेकले यसै साताबाट टोलीको प्रशिक्षण सम्हाल्ने बताइएको छ।

 

प्रकाशित: २९ असार २०७५ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App