१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

यसरी रह्यो माइतीघर नाम

केही बर्ष अघि थापाथली नामले परिचित ठाउँ अहिले माइतीघर भनेर चिनिन्छ । धेरैले यो नाम पुरानो हो भन्छन्।

अगाडि ‘माइति’ जोडिएकोले महिलाहरुले माइतीगाउँ भएर माइतीघर रह्यो भन्ने गर्छन् । कोही–कोहीले विवाहकै प्रसंगबाट नाम माइतीघर राखिएको भन्ने अनुमान पनि गरेको पाइन्छ । हामीमध्ये केहीलाई माइतीघर नाम रहनुको कारण थाहा भएपनि धेरैलाई यसबारे जानकारी छैन । माइतीघर कुनै परम्परा, पिढी र  विवाह प्रसंगमा जोडिएको छैन । नेपाली चलचित्र ‘माइतीघर’ बाट नै यो ठाउँलाई माइतिघर भन्न थालिएको हो ।नेपालको पहिलो चलचित्र माइतीघरको कार्यालय तत्कालीन थापाथलीमा थियो ।

अहिले यो ठाउँलाई ‘माइतीघर’ भनिन्छ । सडकको माथिपट्टी ठूलो अक्षरमा लेखिएको चलचित्रको बोर्ड देखेर धेरैले यो ठाउँलाई माइतीघर भन्न थाले । मानिसको ओहोदोदोर भइरहने ठाउँमा राखिएको बोर्डकै कारण माइतीघर नाम नै बढी उच्चारण हुन थाल्यो । यो नामलाई चिनाउन योगदान दिनेमध्येका एक व्यक्ति थिए, बरिष्ठ कलाकार गेहेन्द्र धिमाल । उनको लगानीमा बनेको पहिलो चलचित्रले त्यतिबेला नेपाली समुदायमा एक किसिमको छाप बसाल्यो । सँगै तत्कालीन समयमा थापाथली भनिने ठाउँलाई माइतीघर नाम बनाइदियो ।
 

धेरै कर तिर्नेमध्येका व्यवसायी
त्यसो उनी नेपाल सरकारलाई धेरै कर तिर्ने व्यवसायीमध्ये पर्छन् । अहिले उनी विदेशी प्रोजेक्टमा काम गर्छन् । गत बर्ष एक करोड ७७ लाख कर तिरेका थिए । उनका अनुसार अहिले फिल्मी क्षेत्रमा धेरैले कर तिर्दैनन । सबैले सरकारलाई छलेर काम गर्न खोज्छन् ।

त्यसो त फिल्मी क्षेत्र उनको सानैदेखिको सोक हो । उनी आफूलाई सानैदेखि नै (फिल्मीनिया) फिल्मको रोग लागेकोले यही क्षेत्रमा करिअर बनाएको सुनाए।

‘हमाल र श्रेष्ठलाई फिल्ममा ल्याएँ’
अहिले फिल्मी क्षेत्रमा सुपरस्टार मानिने राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठलाई फिल्मी क्षेत्रमा आउन उनैले हौसाएका थिए ।

हमाल र श्रेष्ठलाई उनले चलिचित्रमा काम गर्ने अवसर दिएका थिए । त्यतिखेर राजेश हमाल ठमेलमा बरालिएका हुन्थे । उनैले फकाएर फिल्मी क्षेत्रमा लाग्न आग्रह गरेका थिए । ‘उसको लगाव देखेर मैले हमाललाई हौस्याएको हुँ,’ धिमालले भने, ‘होटल याक एण्ड यतिमा बोलाए सम्झाएको थिएँ ।’  शिव श्रेष्ठको बुबासँगै काम गर्ने भएकोले पनि छोरालाई सहयोग गरेको बताए । भुवन केसीलाई पनि उनैले तानेका हुन् । त्यतिबेला केसीको अवस्था कमजोर थियो।

‘अहिलेका चलचित्र क्षणिक छन्’
पहिले फिल्म सुटिङ गर्दा केही थिएन । न क्यामेरा थिए, न पात्र, न कुनै उपकरण नै । नेपालमा आमा पहिलो फिल्म बन्यो । राजाले आफ्नो पञ्चायत काललाई प्रचारप्रसार गर्नका लागि यो फिल्म बनाएका थिए ।

राज्य टिकाउनको लागि बनाएको यस फिल्म निकै चर्चित मानिन्छ । त्यसपछि बनेको माइतीघर पहिलो कर्मसीयल फिल्म माइतीघर थियो । ‘अहिलेका फिल्मको कथा क्षणिक छ । मैले कसैलाई खोट लगाउन त फिल्दैन तर अहिलेको नेपाली चलचित्रको जग कमजोर भइरहेको छ,’ उनले भने, ‘यसको मुख्य कारण मार्केट सानो हुनु हो ।’ उनका अनुसार त्यतिबेलाका सबै फिल्म टप हुन्थे।

उनीसँग हिन्दी फिल्ममा काम गरेको अनुभव पनि छ । हरेराम हरे कृष्ण, इस्कइस्क, बुलन्द लगायत फिल्ममा पनि उनले काम गरे थिए । तर, उनी अहिले एउटै कुरामा दुःखी छन्, सरकारले कलाकारलाई चिनेको छैन । उनी भन्छन्, ‘यहाँ मर्ने बेला सम्मान दिइन्छ, बाचुन्जेल कुनै लेखाजोखा नै छैन, यस्तो सम्झँदा दुःख लाग्छ ।’  

प्रकाशित: २९ असार २०७५ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App