१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक

क्यालिर्फोनीया– विश्व विख्यात अमेरिकन मोबाइल कम्पनी एप्पलले आफ्नो बहुप्रतिक्षित उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ। बुधबार क्यालिर्फोनियामा एक भव्य समारोहबिच आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरिएको हो। तर आफ्ना नयाँ उत्पादन १६ सेप्टेम्बरबाट मात्र बाजारमा उपलब्ध हुने एप्पलले जनाएको छ।

आइफोन सेभने र आइफोन सेभेन प्लसको विषेशताः

१. मोबाइलको स्क्रिन साइज
उक्त नयाँ फोन दुई साइजमा उपलब्ध हुनेछ। आइफोन सेभेनको स्क्रिन ४.७ इन्चको रहेको छ भने आइफोन सेभेन प्लसको स्क्रिन ५.५इन्चको रहेको छ।

२. कलर
नयाँ आइफोन जेट ब्याक, ब्याक, सिल्भर, गोल्डेन र रोज गोल्डेन गरी विभिन्न पाँच रंगमा उपलब्ध हुनेछ।

३. पानी र धुलोले केही असर नगर्ने
एप्पलले आफ्नो नयाँ उत्पादनलाई पानी र धुलोले केही असर नगर्ने बताएको छ। एप्पलेले ३० मिनेटसम्म पानीमा राख्दा पनी उक्त मोवाइलमा केही खराबी नहुने बताएको छ।

४. गुणस्तिरीय क्यामरा
एप्पलले आइफोन सेभेन र आइफोन सेभेनको आर्कषण नै क्यामरा रहेको र यसले विगतको उत्पादनको तुलनामा ६० प्रतिशित छिटो फोटो खिच्ने दाबी गरेको छ। यस पटक क्यामरामा अप्टिकल स्टेबलाइजर प्रयोग गरिएको छ। आइफोन सेभेनमा सिग्गल लेन्सको प्रयोग गरिएको छ भने आइफोन सेभेन प्लसमा वाइट एङगल र टेलिफोटो गरी दुई वटा लेन्सको प्रयोग गरिएको छ। आइफोन सेभेनमा फ्रन्ट क्यामरा ७ मेगापिक्सेलको प्रयोग गरिएको छ भने व्याक क्यामरामा १२ मेगापिक्सेलको प्रयोग गरिएको छ। त्यस्तै आइफोन सभेन प्लसमा एफ १.८ लेन्सको प्रयोग गरिएको छ। यसले लो लाइटमा पनि गुणस्तिरीय तस्बिर खिच्न सकिने एप्पले दाबी गरेको छ।

५. लामो ब्याट्री आयु
एप्पलले आइफोन सेभेन र आइफोन सेभेन प्लसको ब्याट्री क्षमता बढी भएको जनाएको छ। आइफोन सेभेनको ब्याट्री आइफोन सिक्सको तुलनामा दुई घण्टा बढी टिक्नेछ भने आइफोन सेभेन प्लसको ब्याट्री आइफोन सिक्स प्लसको तुलनामा एक घण्टा बढी टिक्नेछ।

५. अडियो
यस पटकको आइफोनमा अडियोमा समेत सुधार गरिएको छ। अहिलेको आइफोनमा स्टेरियोटाइप स्पिकर जडान गरिएको छ।

७. चिप
आइफोन सेभेनमा आइफोन सिक्सको तुलनामा गुणस्तरीय भएको कम्पनीले दाबी गरेको छ। यसमा ६४ विट फोर कोर सिपियुसहित ए १० फ्युजन चिप रहेको छ ।

८. हेड फोन
यस पटक एप्पलले हेडफोन ज्याकलाई निरन्तरा दिएको छैन। यस पटक हेडफोनलाई लाइटनिङपोर्टसँग जोड्न सकिने छ। आइफोनसँगै एउटा फ्रि वायरलेस हेड सेट लिन सकिने छ।

९. बढी स्टोरेज क्षमता
यस पटकको आइफोनमा स्टोरेज क्षमतासमेत बढाइएको छ। यसको क्षमता ३२ जिबी, १२८ जिबी र २५६ जिबी रहेको छ।

१०. मूल्य
एप्पलले आइफोन सेभेनको मूल्य ६ सय ४९ अमेरिकी डलर र आइफोन सभेने प्लसको मुल्य ७ सय ६९ डलर रहेको जनाएको छ।

प्रकाशित: २३ भाद्र २०७३ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App