१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

उद्धार गरिएका १२ जनाप्रति फ्रान्सको जित समर्पित

फ्रान्सका चर्चित फुटबल खेलाडी  पौल पोग्बाले बेल्जियम विरुद्धको जित गुफाबाट उद्धार गरिएका थाइल्याण्डका १२ जनाप्रति समर्पित गरेको बताएका छन्। ट्विट मार्फत पोग्बाले मंगलबार सेमिफाइनलको खेलमा हात पारेको जित आफ्नो टोलीले जुन २३ अर्थात अषाढ ९ गतेदेखि गुफामा फसेर मंगलबारमात्रै उद्धार गरिसकिएका ११ देखी १६ वर्ष सम्मका किशोर र उनीहरुका २५ वर्षीय प्रशिकलाई समर्पित गरेको बताएका हुन्।

“तिमिहरुको शाहस र आटलाई सम्मान छ, यो खेलको जित तिमिहरुलाई समर्पित गर्दछौ” पोग्बाले ट्विटमा भनेका छन्। मंगलबार विश्वकप फुटबल अन्तर्गत भएको पहिलो सेमिफाइन खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित गरेको थियो।

यस्तै स्पेनको चर्चित लिग ला–लिगाले समेत उनीहरुलाई स्वास्थ्यमा सुधार आइसकेपछि लिग अन्तर्गतका खेल हेर्न आमन्त्रित गरेको छ । ला–लिगाका अध्यक्ष जाभियर टिबासले भनेका छन् “जब परिस्थिती सहज बनिसक्छ, म उद्धार गरिएका किशोर लगाएत उनीहरुका प्रशिक्षकलाई ला–लिगा अन्तर्गतका खेलमा सहभागी हुन आमन्त्रण गर्दछु।”

यस्तै फिफाका अध्यक्षले समेत उनीहरुलाई आइतबार हुने विश्वकपको फाइनलमा सहभागी हुन आमन्त्रण गरेका थिए । तर स्वास्थ्य अवस्थाका कारण स्वास्थ्यकर्मीले उनीहरु विश्वकपको फाइनलमा सहभागी हुन नसक्ने बताएका छन्।

प्रकाशित: २७ असार २०७५ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App