१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जि–२० सम्मेलन तत्काल छाड्न ओबामालाई चर्को दबाब

बइजिङ–अमेरिकी राष्ट्रपति बाराक ओबामालाई चीनमा जारी जि–२० सम्मेलन तत्काल छाड्न चर्को दबाब परेको छ। अमेरिकाको आसन्न राष्ट्रपतिको चुनावका उमेद्वार रहेका डोनाल्ड ट्रम्पले चीनले ओबामाको अपमान गरेको भन्दै तत्काल जि–२० सम्मेलन तत्काल छाड्नु पर्ने धारण  व्यक्त गरेका हुन्। ट्रम्पले भने, ‘अमेरिका विश्वकै एक शक्तिशाली राष्ट्र हो र ओबामा यसका राष्ट्रपति, त्यसैले उनी विश्वकै सर्वाधिक शक्तिशाली मानिस हुन्। तर चीनले यसको अर्थ नबुझी उनको अपमान गरेको छ।’

उनले चीनले अन्य राष्ट्रका राष्ट्रप्रमुखलाई रेड कार्पेटमा स्वागत गरेको तर ओबामालाई यस प्रकारको स्वागत नगरेको भन्दै चीनले ओबामाको अन्तर्राष्ट्रिय रुपमा अपमान गरेको आरोप लगाएका छन्। त्यस्तै चीनमा रहेको अमेरिकी दूतावासका कर्मचारीले राष्ट्रपति ओबामालाई विमानस्थलमा लिन जान खोज्दा विमानस्थलमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनीहरुलाई रोक्दा विमानस्थलमा विवाद उत्पन्न भएको थियो।

दूतावासका कर्मचारीले ओबामा आफ्ना राष्ट्रपति भएको भन्दै आफूहरुले उनलाई स्वागत गर्नुपर्ने बताएका थिए। तर विमानस्थलका कर्मचारीले भने उनीहरुलाई यो अमेरिका नभई चीन भएको र यहाँ चीनको कानुन अनुसार चल्नु पर्ने बताएका थिए। त्यसपछि उनीहरुबीच विवाद सृजना भएको थियो। यता केही दिन पहिले फिलिपिन्सका राष्ट्रपति  रोड्रिगो डुटेर्तेले ओबामालाई अपशब्द प्रयोग गेरपछि ओबामाले उनलाई भेट्न अस्विकार गरेका थिए।

फिलिपिन्सका संचारकर्मीको सवालको जबाफ दिने क्रममा उनले आफ्नो राष्ट्र सार्वभौम भएको भन्दै यहाँको नियम कानुन तथा मानव अधिकारका बारेमा कसैले भनिहरनु नपर्ने बताएका थिए। त्यस क्रममा उनले निकै तत्लो स्तरको अपशब्द प्रयोग गरी ओबामाको आलोचना गरेका थिए। ओबामाले फिलिपिन्सले लागु औषध नियन्त्रण गर्ने बहानामा मानव अधिकारको हनन गरेको भन्दै कारबाही हुनु पर्ने बताएका थिए।

 

प्रकाशित: २३ भाद्र २०७३ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App