प्रदेश ३ : स्थायी राजधानीका लागि पाँच जिल्ला सिफारिस

मङ्गलबार, २६ असार २०७५, २० : १२ अशोकसुजन श्रेष्ठ

मकवानपुर– प्रदेश नम्बर ३ को प्रदेशसभाबाट गठित प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रतिवेदन बुझाएको छ। समितिले बर्णानुक्रम अनुसार ५ जिल्लालाई उपयुक्तता आधारमा स्थायी राजधानीका लागि प्रतिवेदनमा सिफारिस गरिएको समितिका सभापति दीपक निरौलाले बताए।

‘काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई हामीले राजधानीका लागि उपयुक्त हुने प्रस्ताव गरेका छौं,’ उनले भने, ‘अब यी पाँच जिल्ला नै प्रदेशसभामा स्थायी राजधानीका लागि प्रक्रियामा जान्छन्।’ प्रदेश सभा सचिवालय हेटौंडामा मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई समितिले प्रतिवदेन बुझाएको छ। प्रतिवेदन अनुसार राजधानीको विषय चाँडै प्रदेशसभामा सभामुखले पेश गर्ने सभापति निरौलाको भनाई छ।

सडक सञ्जाल, आवश्यक भौतिक पूर्वाधार, खानेपानीको उपलब्धता लगायतको बिषयलाई समेटेर पाँच जिल्लालाई सिफारिस गरिएको समितिका सदस्य एवम् प्रदेश सांसद बसन्त मानन्धरले बताए।उनका अनुसार प्रतिवेदनमा १३ जिल्लाको भौगोलिक आधार, बिभिन्न तथ्याङ्क, जनसंख्या, जनघनत्व, चाप लगायतका बिषय समावेश गरिएको छ।

‘सबैभन्दा उत्तम सर्वसहमत रुपमा राजधानी तोकिनुपर्दछ, त्यसका लागि राजनीतिक दलहरुका बिचमा सहमती भए राम्रो भनेर सुझाव दिएका छौं,’ उनले भने, ‘सहमतीमा नसके मतदानबाट राजधानी तोक्न बर्णानुक्रम अनुसार ५ जिल्ला उपयुक्त छ भनेर पेश गरेका हौं, पहिलो, दोस्रो, तेस्रो भनेर पेश गरेका छैनौ ।’ तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी प्रदेश राजधानी तोक्दाको प्रतिवेदनलाई अध्ययनको बिषय बनाएको समेत उनले दाबी गरे।

४५ दिनको समय पाएको समितिले थप १५ दिन अध्ययन गरी २ महिनामा प्रतिवेदन बुझाएको हो। राजधानी अध्ययन विशेष समितिले प्रतिवदेन पेश गरेसँगै प्रदेश सभामा पेश भएका प्रस्तावहरु स्वतः निष्क्रिय हुने सभापति निरौलाको तर्क छ। काठमाडौंबाहेक प्रदेशका १२ जिल्ला समन्वय समिति मार्फत् जिल्लाको वस्तुगत स्थिति, पूर्वाधार लगायतका विषय समेटिएको १ सय २१ प्रश्नावलीको उत्तर लिएर वस्तुस्थिति अध्ययन समेत गरेको समितिले जनाएको छ। त्यस्तै काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरमा समितिले स्थलगत अवलोकन र सर्वपक्षिय छलफल समेत गरेको थियो।

प्रदेश नम्बर ३ को स्थायी राजधानी तोक्न माग गर्दै प्रदेश सभा सचिवालयमा ४ प्रस्ताव दर्ता गरिएका थिए। काभ्रे, नुवाकोट, भक्तपुर, रसुवा र चितवनका प्रदेश सांसदहरुले स्थायी राजधानी माग गर्दै प्रस्ताव दर्ता गराएका थिए। बैशाख १४ गते गठन भएको समितिले बैशाख ३० गते बैठक बसेर काम थालेको थियो। कार्यप्रारम्भ भएको मितिले समितिको तोकिएको ४५ दिन असार ११ गते सकिएपछि थपिएको १५ दिन मंगलबारै सकिएको छ।

संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गर्ने उल्लेख छ। निर्णय नभएसम्म सरकारले तोके बमोजिमको स्थानबाट प्रदेशको कार्यालय सञ्चालन हुने उल्लेख छ।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad