१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जब ओवामाले लाओस बम आक्रमणका जीवित भेटे...

 भियतनाम–अमेरिकाकोे एक दशक अघिको बम आक्रमणमा परेर पनि ज्यान जोगिएका लाओसका बासिन्दालाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले बुधबार भेटेका छन् ।      उनले लाओसका जनता अझै पनि युद्धको प्रभावबाट ग्रसित रहेकोे बताउँदै अमेरिका सम्वन्ध सुधारको पक्षमा रहेको बताएका थिए ।  

अमेरिका समर्थित गैरसरकारी संस्थाहरु मार्फत् त्यहाँका दशौंँ हजार नागरिकलाई ९० लाख डलर सहयोगको घोषणा गरेको भोलीपल्ट ओवामाले उनीहरुलाई भेटेका हुन् ।  

 अमेरिकी गुप्तचर संस्था सिआइएको नेतृत्वमा भएको गोप्य कारबाहीमा सन् १९६४ देखि १९७३ सम्म लाओसमा आक्रमण भएको थियो । देशका अधिकांश ठाँउमा अझैपनि युद्धमा प्रयोग गरिएका सामग्री छरपस्ट रहेका छन् ।

 ‘धेरै मानिसका लागि युद्ध किताव पढेझै छर्लङ्ग भएको छ,’ ओवामाले सो अवसरमा भनेका छन् । युद्ध पीडितहरुमध्ये उनले थम्मी सिलम्फनलाई भेटे, जसलाई बाँसको घारीमा तामा सङ्कलन गर्दैगर्दा आठ बर्षको उमेरमा दायाँ हातमा बम लागेको थियो ।     ‘लाओसका जनताले यो युद्ध भुलेका छैनन् ’ ओवामाले भने ‘लाओसका जनताका लागि यो विशेष छ, जुन उनीहरुले भोग्न नपर्ने भोगेका छन् ।’

पछिल्लो चार दशक लाओसका जनता युद्धको छायाँमा बाँचिरहेका छन् । लाओसका जनतालाई युद्धको प्रभावबाट मुक्त गर्नु अमेरिकाको दायित्व रहेको ओवामाले बताए ।   दक्षिणपुर्वी एसियाको विचमा रहेका साना देशहरुलाई अमेरिकाले सहयोग बढाउदै यो इतिहास सामुहिक रुपमा बन्द गर्न चाहन्छ ।

 

प्रकाशित: २३ भाद्र २०७३ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App