१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जर्मनीमा शरणार्थी समस्यामा सुधार भएको चान्सलर मर्केलको दावी

जर्मनी–जर्मन चान्सलर एञ्जेला मर्केलले आफ्नो सरकारले शरणार्थी समस्या  समाधानमा गरेको पहलको प्रशंसा गर्दै सन् २०१५ को तुलानाा जर्मनी पुगेको आप्रवासी शरणार्थीको व्यवस्थापन राम्रो भएको दाबी गरेकी छिन् ।

शरणार्थी समस्या समाधानका लागि अझै केही काम गर्न बाँकी रहेको र सरकार निरन्तर यस समस्यालाई  पूर्ण व्यवस्थित गर्ने कुरामा लागि परेको उनले बताएकी हुन् । ‘गत वर्ष को यही समयमा मेलै शरणार्थी समस्या बारे संसद्मा बोल्दै गर्दाको अवस्थाको तुलनामा अहिले यसमा कैयौँ गुणा राम्रो भएको छ, उनले विधायकलाई सम्बोधन गर्ने क्रममा बुधबार बताइन् ।  

पश्चिमी पोमेरानियाको मेकलेनवर्गमा लज्जाजनक पराजय व्यहोरेको उनको दल क्रिश्चियन डेमेक्रेटिक युनियनले राष्ट्रियताका बारेमा गर्विलो अडान नराख्दा देश वर्वादीतर्फ गएको भन्ने राष्ट्रवादी शक्तिले मर्केलको दललाई तेस्रो स्थानमा पु¥याएका थिए ।  

उक्त नतिजालाई मर्केलको उदार आप्रवासी नीतिप्रतिको असन्तुष्टीका रुपमा हेरिएको छ ।उक्त प्रान्तीय निर्वाचनलाई सन् २०१७ मा हुने संसदीय चुनाव अघिको मुख्य परीक्षाका रुपमा लिइएको छ ।

आप्रवासन र इस्लाम विरोधी मुद्दा उठाएको अल्टरनेटिभ फर जर्मनी (एफडी) पार्टिले दोस्रो स्थानमा उक्लँदै २१ प्रतिशत मत पाएको छ भने पहिलो स्थानको एसपिडीले झण्डै ३० प्रतिशत मत ल्याएको देखिन्छ । प्रारम्भिक नतिजा अनुसार मर्केलको सिडियुको पक्षमा १९ प्रतिशत मात्र मत खसेको देखिन्छ ।

मर्केलले शरणार्थीलाई जर्मनी प्रवेशमा नियन्त्रण गर्ने भन्दा युद्ध तथा गरिवीबाट प्रताडित आप्रवासीलाई ठाउँ दिनुपर्ने भनी शरणार्थीका पक्षमा देखिएकी थिइन् ।  विपक्षी दलले भने शरणार्थी जर्मनीको समस्या भएर निस्किने भन्दै शरणार्थी भित्रने नाकामा कडाई गर्नुपर्ने अडान राख्दै आएका छन् । पछिल्लो नतिजालाई मर्केल शासनकालको अन्त्यको सङ्केतका रुपमा लिइएको छ ।
उनले आगामी वर्ष चौथो कार्यकालका लागि लड्ने या नलड्ने केहि बताएकी छैनन् ।

तर विश्लेषकहरुले बर्लिनमा हुने चुनावमा पनि उनको दलले यस्तै परिणाम ल्याए मर्केलको राजनीतिक भविष्यमाथि थप प्रश्नचिन्ह खडा हुने टिप्पणी गरेका छन् । गृहनगरबाटै आएको यस्तो परिणामले मर्केलको राजनीति सकिएको टिप्पणी हुन थालेको छ ।

मर्केलको लोकप्रियता पाँच वर्ष यताकै न्यून विन्दुमा पुगेको देखिन्छ । तर केहीले भने अहिले नै उनको अन्त्य हुन लागेको छ भन्न मिल्दैन किनभने यस्ता अवस्थाबाट गुज्रँदा विगतमा पटक पटक उनी पुनस् केन्द्रिय भूमिकामा फर्किएकी छन् र उनलाई गम्भीरतापूर्वक चुनौती दिनसक्ने अर्को अनुहार अहिले जर्मन राजनीतिक परिदृश्यमा देखिंदैन ।

 

प्रकाशित: २३ भाद्र २०७३ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App