१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

उल्टा चस्माका कलाकार आजादको निधन

मुम्बर्इ- भारतीय चर्चित टेलिभिजन शो तारक मेहताका उल्टा चस्मामा हंसराज हात्तीको भुमिका निर्वाह गर्ने कलाकार कवि कुमार आजादको सोमबार निधन भएको छ। आजादको हृदयघातका कारण वकहार्ड अस्पताल मुम्बर्इमा उपचारको क्रममा निधन भएको हो।

आजाद विगत लामो समयदेखी तारक मेहताका उल्टा चस्मामा कलाकारको भूमिका निभाइरहेका थिए। हास्यकलाकार बन्ने सिलसिलामा विहारबाट मुम्बई पसेका आजादले भारतीय चलचित्र मेला र फन्टुसमा समेत अभिनय गरेका थिए। 

आजादको निधनले भारतीय कला क्षेत्रमा अपुरणीय क्षती पुगेको कलाकार तथा उनका प्रशंसहरुले बताएका छन्।  उल्टा चस्मा शो का निर्माता असित कुमार मोदीले आजाद इमान्दार र लगनशील कलाकार भएको बताउदै उनको निधनले आफूलाई दुखित बनाएको बताए। आज विहान मात्रै फोनमा आजादले आफुलाई सन्चो नभएकोले शो मा आउन नसक्ने बताएको भन्दै निर्माता मोदीले एकछिनपछिनै उनको मृत्युको खबर सुन्नु पर्दा आफुले विश्वासनै गर्न नसकेको बताए।

 

प्रकाशित: २५ असार २०७५ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App