१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमानस्थलमा बम भएको हल्लाले काेलकाता प्रहरी तनाबमा

कलकक्ता— बुधबार दिउँसाे विमानस्थमा बम रहेको भन्देै लगातार तीन पटक फोन आएपछि भारतको नेताजी सुभाष चन्द्र बोस विमानस्थलमा कार्यरत सुरक्षा अधिकारी तनाबमा देखिए। दिउँसाे  १ः१५ मा दुई पटक लालबजार  प्रहरी कन्ट्रोल रुपमा फोन आएको थियो भने बिद्धनगर कन्ट्रोल रुममा एक पटक बमको हल्ला भएको फोन आएको प्रहरीले जनाएको छ।

उक्त फोनपछि बम डिस्पोजल टोलिलाई विमानीथलमा खटाइएपनि केही फेला नपरेको प्रहरीले जनाएको छ।
विमानस्थलमा कार्यरत एक वरिष्ठ प्रहरी अधिकृतले  भने, ‘हामीलाई  पहिलो फोन ३६१५१८८३७१ बाट आएको थियो उसले ८६९७८७२८९५ नम्बर दिदैँ उक्त नम्बर असद नामको आत्मघाती बम हमलाकारी भएको बताउँदै उसले छिट्टै विमानस्थल ध्वस्त पार्ने बतायो।'

उनले दोस्रे पटक आएको फोनमा बम विमानस्थलको एक गमलाका राखिएको र अबको केहि मिनेटमा नैै उक्त बम विस्फोट हुने धम्की दिएको बताए।

उनले उक्त धम्कीपछि विमानस्थलमा बम डिस्पोजल टोली खटाइएको र त्यहाँको सुरक्ष व्यवस्था कडा पारिएको बताए। प्रहरीले भनेको छ, ‘हामीले उक्त हल्लापछि विमानस्थलको सुरक्षा व्यवस्था कडा पार्नुका साथै यात्रुहरुको ब्याग चेकजाँच कडाइका साथ गरिहेका छौं।

प्रहरीले उक्त धम्की दिने नम्बर कहाँ र कस्को भएको बारे अनुसन्धान भैरहेको जनाएको छ।

 

प्रकाशित: २२ भाद्र २०७३ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App