१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सोनालीलाई हाइग्रेड क्यान्सर

मुम्बई– बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर भएको छ । उनले इन्स्टाग्राममार्फत आफूलाई हाइग्रेन्ड क्यान्सर भएको खुलासा गरेकी हुन्।

‘कहिलेकाँही तपाईलाई थाहा पनि हुँदैन कि जिन्दगीले तपाईलाई कस्तो मोडमा ल्याउँछ । हालै मात्र मेरो हाईग्रेड मेटास्टेटिक क्यान्सरको डायग्नोसिस भयो । यो क्यान्सरको बारेमा साँच्चै मलाई केही थाहा नै थिएन । शरीरमा हल्का पीडा भएपछि मैले शरीरको केही भाग परीक्षण गराएँ,’उनले लेखेकी छन्,‘परीक्षण पछि यस्तो रिर्पोट आयो कि जसको अनुमानसम्म गरिएको थिएन ।’ सोनालीका प्रवक्ताका अनुसार यो क्यान्सर शरीरका अन्य भागमा पनि फैलिएको छ ।
उनलाई परिवार तथा आफन्तले हेरचाह गरिरहेका छन् । सोनालीले इन्स्टाग्राममा आफु प्रति चासो देखाउने सबैप्रति आभार व्यक्त गरेकी छन् । ‘यो रोगबाट उम्किने राम्रो उपाय केही छैन ।

त्यसका लागि तुरुन्त उपचार आवश्यक रहेकाले डाक्टरको सल्लाह अनुसार मैले न्यूर्योकमा उपचार शुरु गरिसकेको छु । मेरो रोग निको हुन्छ भन्नेमा सबै आशावादी छन् । म यो बिरामीबाट मुक्ति पाउनका लागि अन्तिम सास रहुन्जेलसम्म लडिरहनेछु,’उनले भनेकी छन्,‘यो समयमा मलाई धेरै माया र सहानुभूति मिलिरहेको छ । मसँग मेरो परिवार र मित्रजनको पनि ठूलो शक्ति छ ।’सोनाली बलिउडकी एक सफल अभिनेत्रीका रुपमा चिनिन्छिन् ।

उनी पछिल्लो समयमा फिल्ममा भन्दा पनि टेलिभिजन रियालिटी शोमा निर्णायकको भूमिका निर्वाह गरिरहेकी छन् । उनले आमिर खान, सलमान खान, शाहरुख खान, अमिताभ बच्चनजस्ता कलाकारसँग काम गरिसकेकी छन् । बलिउड निर्देशक गोल्डी बहलकी श्रीमति सोनालीले सन् २०१३ मा ‘वन्स अपन अ टाइम इन मुम्बई दोबारा’बाट केमियो गरेकी थिइन् ।उनले ‘लव के लिए कुछ भी करेगा’, ‘हमारा दिल आपके पास है’, ‘जिस देश में गंगा रहता है’, ‘मेजर साहब’, ‘दिलजले’ र ‘डुप्लीकेट’सहित कैयौं फिल्ममा काम गरिसकेकी छन् ।

 

प्रकाशित: २१ असार २०७५ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App