१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालिगण्डकीमा खसेको जीपका चालक एकसातापछि सम्पर्कमा आए

म्याग्दी– रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट कालिगण्डकीमा खसेको जीपका चालक एक सातापछि सम्पर्कमा आएका छन्। अन्नपूर्ण गाउँपालिका–७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जीप तिप्ल्याङको काले ओडार र गाँउगोडाको सीमानामा दुर्घटना हुँदा बेनी नगरपालिका–९ काउलेगौँडाका ३२ बर्षीय रवी खड्का र घराम्दीकी २० बर्षीया सबिता नेपाली  सम्पर्कविहिन भएका थिए।

दुर्घटनामा दुवैजनाको ज्यान गएको अनुमान गरिएपनि चालक खड्का सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चालक पोखरामा रहेको जानकारी पाएपछि आफन्तको सहयोगमा प्रहरीमा आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक बीरबहादुर बुढामगरले बताए । ‘घटनाले नयाँ मोड लिएको छ, अनुसन्धान भइरहेको छ’, प्रनाउ बुढामगरले भने। उनका अनुसार चालकले जीप सडकबाट खोलामा खसेपछि आफूँ उछिटिएर बाहिर निस्किएपछि पौडी खेलेर खोला बाहिर आएको प्रारम्भिक बयानमा बताएका छन्। 

उनले खोलाबाट बाहिर निस्किएपछि उज्यालो हुने बेलासम्म सडकमुनी ओढारमा लुकेर बसेको बयान दिएका छन्। राती पैदलयात्रा गरी पर्वतको मिलनचोक हुँदै पोखरा पुगेको भनेका छन्। प्रहरीले खड्काको बयानमा थप रहस्य खोतल्ने प्रयास गरेको छ। दलित युवतीसंग सम्बन्ध राखेको आरोपमा हिस्तानका स्थानीय आमा समूहले खड्कालाई सबिता नेपाली जिम्मा लगाएका थिए। घराम्दीका ओम बहादुर रन्तिजाको बोलेरो चलाउँदै आएका खड्काले गाउँमा सविताको पेटमा भएको बच्चा आफ्नो भएको स्वीकार गरेका थिए।

गर्भवती महिलाको आरोप स्वीकार गरेपछि आमा समूहको रोहवरमा खड्काले आफूँले पाल्ने स्वीकार गदैं बोलेरोमा राखेर बेनी आउने क्रममा दुर्घटना भएको थियो। दुर्घटनाको एक सातासम्म चालक जीवित अवस्थामा भेटिनुले घटना थप रहस्यमय भएको छ। गत बिहीबार घराम्दीबाट दुवै जना सवार रहेको बोलेरोमा खड्का र नेपाली बेनीतर्फ आएपनि बाटोमा अन्य यात्रुलाई पन्छाउँदै बेनीतर्फ आएको स्थानीयले बताएका छन्। जीपमा सवार नेपालीको अवस्था अज्ञात छ। 

प्रकाशित: २० असार २०७५ १४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App