१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

रसुवा – रसुवाको आमाछोदिङमो गाउँपालिका–५ सिम्बुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ जिल्लाका ४५ वर्षीय शिवगन्ज राजवंशी र दाङ जिल्लाका २४ वर्षीय विकास घर्तीमगर रहेका छन्।

आमाछोदिङ–५, सिम्बुबाट सान्जेन जलविद्युत आयोजनाको सामान बोकेर त्यसतर्फ जाँदै गरेको सिउचण्डी कन्ट्रक्सनको बा १७ च ४३४५ नम्बरको बोलेरो जीप मंगलबार राति १० बजे दुर्घटनामा परेको थियो। दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

घाइते हुनेमा मोरङ जिल्लाका २४ वर्षीय गौतम अर्याल र सुनसरी जिल्लाका २२ वर्षीय जीवन राई रहेका छन्। घाइतेको जिल्ला अस्पतालमा सामान्य उपचार पछि काठमाडौं रिफर गरिएको छ। जीप चालक धादिङका प्रकास तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० असार २०७५ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App