१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका र उत्तर कोरियाको संवाद सकारात्मक मार्गमा

वासिङटन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको संवाद सकारात्मक तरिकाले अगाडि बढिरहेको बताएका छन् उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको संवाद थप नतिजा दिनेतर्फ उन्मुख भइरहेको ट्रम्पले मंगलबार जानकारी दिए।

सिंगापुरमा गत महिना भएको ऐतिहासिक शिखर वार्तापछि अमेरिका र उत्तर कोरियाका बीचमा विभिन्न चरणमा संवादको क्रम चलिरहेको छ। “उत्तर कोरियासँगका धेरै राम्रा छलफलहरू सकारात्मक तरिकाले अगाडि बढीरहेका छन्,” राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्।

प्रकाशित: १९ असार २०७५ १५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App