राजेश हमाल डोल्पामा अलपत्र

मङ्गलबार, १९ असार २०७५, १७ : १३ विष्णुप्रसाद देबकोटा

डोल्पा– अभिनेता राजेश हमाल डोल्पामा अलपत्र परेका छन्।सदरमुकाम दुनैमा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन हमाल असार १४ गते डोल्पा आएका थिए।

कार्यक्रम सम्पन्न गरेर काठमाडौं फर्किन १५ गते जुफाल विमानस्थल पुगेकै दिनदेखि भारी बर्षाले मौसम विग्रेर नेपालगञ्ज–डोल्पा हवाई उडान ठप्प भएपछि उनी अलपत्र परेका हुन्। हमाल डोल्पाबाट नेपालगञ्ज हुँदै काठमाडौं फर्किने तयारीमा थिए।

अविरल वर्षाले जहाज उडान तथा अवतरणका लागि मौसम प्रतिकुल भएपछि हमाल मौसमी तथा प्राकृतिक नजरबन्दमा परेका छन्।
कार्यक्रम सम्पन्न भएको ४ दिनदेखि उनी लगातार जुफाल विमानस्थलमा जहाज कुरिरहेका छन्। डोल्पामा अझैपनि भारी बर्षा जारी रहेकाले मौसम खुल्ने र जहाज आउने टुङ्गो छैन्।

कला संस्कृति प्रवर्द्धन तथा संरक्षण मञ्च रुकुमले ‘हाम्रो मौलिकता कला संस्कृति हाम्रो पहिचान, आन्तरिक तथा बाह्य पर्यटक आकर्षकको लागि प्रचारप्रसार हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरेको साँस्कृतिक कार्यक्रममा भाग लिन अभिनेता हमाल डोल्पा आएका थिए।

हमाल मात्र होइनन् प्रतिकुल मौसमका कारण हवाई उडान नहुँदा जुफाल विमानस्थलमा यात्रुहरुको चाप बढेको छ। शुक्रबारदेखि मौसम बिग्रेकाले नेपालगन्ज–डोल्पा र डोल्पा– नेपालगन्जका कुनै पनि उडान भएका छैनन्।

डोल्पा पर्यटकीय सम्भावना बोकेको ठाउँ

सञ्चारकर्मीसँग कुरा गर्दै हमालले डोल्पा अत्यन्तै रमणीय ठाउँ भएकाले जहाज कुराईको त्यति अत्यास नलागे पनि कामले गर्दा छिटो मौसम सफा भएर जहाज आइदियोस भन्ने आशामा आफू रहेको बताए। दुई दिनको समय ल्याएर आएको तर जहाजकै कारण बसाई लम्बिदा थुप्रै कामहरु छुटेको उनले सुनाए।

डोल्पाले थुप्रै प्राकृतिक रुपमा पर्यटकीय सम्भावना बोकेको भन्दै उनले सिधा यातायातको पहुँच पुग्यो भने कायापलट हुने  जिकिर गरे।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad