१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुर्इ लाख ७० हजार सिरियाली विस्थापित

जोर्डनसँगको सीमा क्षेत्रमा कामचलाउ शिविर बनाएर बसेका विस्थापित सिरियाली नागरिक । तस्बिर : एएफपी

दमास्कस– विद्रोही नियन्त्रित सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा सरकारले दुई साताअघि सुरु गरेको हमलाका कारण कम्तीमा दुई लाख ७० हजार मानिसले आफ्नो घरबार छोडेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

सिरियाको डेर्रा र कुइनित्रा प्रान्तमा जारी सरकार र विद्रोहीबीचको लडाइँका कारण विस्थापितहरु जोर्डनसँगको सीमा क्षेत्र र इजरायलले कब्जा गरेको गोलान हाइटतर्फ गएको राष्ट्रसंघलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यद्यपी जोर्डन र इजरायल दुवैले त्यसरी विस्थापित सिरियाली शरणार्थीलाई आफ्नो देशमा प्रवेग गर्न दिनेबार केही बताएका छैनन् जसका कारण मानवीय संकट उत्पन्न हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा सिरियाली फौजले रुसी हवाइ हमलाको माध्यमले थप अग्रसर भइरहेको बिबिसीले जनाएको छ ।

 आइतबार मात्रै पनि सिरियाको बोस्रा अल–साम सहरको प्रमुख विद्रोही समूहले आफ्नो हतियार बिसाउने र राष्ट्रपति बसर अल–असदको शासनलाई स्वीकार्नेबारे सहमति व्यक्त गरेको समाचार बाहिरिएको थियो ।

आइतबार मात्रै पनि सिरियाको बोस्रा अल–साम सहरको प्रमुख विद्रोही समूहले आफ्नो हतियार बिसाउने र राष्ट्रपति बसर अल–असदको शासनलाई स्वीकार्नेबारे सहमति व्यक्त गरेको समाचार बाहिरिएको थियो । सरकार र विद्रोहीबीचको बढ्दो लडाइँका कारण एक सय ३० जनाभन्दा बढि सर्वसाधारण नागरिकको मृत्यु भइसकेको बेलायत आधारिकत मोनिटरिङ समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

विद्रोहीलाई समर्थन गरिरहेको अमेरिका र जोर्डन तथा सरकारलाई समर्थन गरिरहेको रुसको मध्यस्ततामा डेर्रा र कुइनेत्रामा लडाइँ कम गर्नेबारे सम्झौता भएपछि एक वर्षदेखि सो क्षेत्र केही हदसम्म शान्त रहेको थियो । तर अप्रिल महिनामा राजधानी दमास्कस बाहिर रहेको पूर्वी गुटा क्षेत्रका विद्रोहीलाई पूर्ण रूपमा परास्त गरी उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा ल्याएपछि राष्ट्रपति बसर अल–असदले डेर्रा र कुइनेत्रा क्षेत्रमा पनि त्यस्तै चाहना व्यक्त गर्दै दुई साताअघि विद्रोहीविरुद्ध हमला सुरु गरेका थिए।


 

 

प्रकाशित: १९ असार २०७५ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App