इङ्ल्यान्डसँग कोलम्बियाले इतिहास रच्ला? (भिडियो)

मङ्गलबार, १९ असार २०७५, २२ : ४१ नागरिक

रुस विश्वकप २०१८ को समूह बी मा उपविजेता बनेको इङ्ल्यान्डले मंगलबार राती क्वार्टरफाइनलका लागि कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ ।

पछिल्लो दुई दशक इङ्ल्यान्डले ठूला प्रतियोगितामा संघर्ष गरिरहेको छ। ह्यारी केन, जिसे लिङ्गार्ड तथा डेली अलीजस्ता खेलाडीको आजको प्रदर्शनले इङ्ल्यान्डको पुनरागमनको मार्ग तय गर्नेछ।

पछिल्ला भेटमा कोलम्बियाले इङ्ल्यान्डलाई पराजित गर्न सकेको छैन। पछिल्लो पटक फ्रान्समा सम्पन्न १९९८ को विश्वकपमा पनि इङ्ल्यान्ड २–० ले विजयी भएको थियो।

समूह चरणमा कोलम्बियाले प्रदर्शन दुई जित र एक हार व्योहोरेको हो। पहिलो खेलमा जापानसँग २–१ ले पराजित भएको जोसे पेकरम्यानको कोलम्बियाले दोस्रो खेलमा पोल्यान्डलाई ३–० तथा अन्तिम खेलमा अफ्रिकी टोली सेनेगललाई १–० ले हराउँदै समूह ‘एच’ को शीर्ष स्थानमा रहेर अन्तिम १६ को यात्रा तय गरेको हो। कोलम्बियाको आक्रमण पंक्तिमा राडामेल फाल्काओ र हामेस रोडरिग्वेजजस्ता खेलाडी छन्। ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको कोलम्बिया त्यही नतिजालाई दोहो-याउँदै लगातार दोस्रो पटक अन्तिम ८ मा पुग्ने लक्ष्यमा छ। 






यसमा तपाईको मत

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad