विश्वकप : स्पेनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेपछि रुसमा खुसियाली

सोमबार, १८ असार २०७५, १८ : २१ एजेन्सी

मस्को- रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको छ। 

विश्वकप विजेता स्पेनलाई अप्रत्याशित रूपमा पराजित गरेपछि रुसमा खुशियाली छाएको बताइएको छ। विश्वकपको आगामी चरणका लागि रुस अगाडि बढेपछि रुसी फुटबल समर्थकहरूले ठूलो खुशियाली मनाएका छन्। 

आयोजक राष्ट्र रुसले पूवविश्वकप विजेता स्पेनलाई पेनाल्टीमा पुगेर ४–३ ले पराजित गरेको थियो। यसलाई विश्वकपमा रुसको ठूलो सफलताका रुपमा लिइएको छ। रुसको यस विजयपछि रुसका विभिन्न शहरका चोक चोकमा भेला भएर रुसी फुटबलप्रेमी युवायुवतीहरुले खुशियाली मनाइरहेका छन्। 

फुटबलको सर्वोच्च निकाय फिफाको मर्यादाक्रममा रुसको स्थान निकै तल थियो। यस अघिका विश्वकप प्रतियोगिताहरुमा उता स्पेनको भने उत्कृष्ट स्थान रहेको थियो। 

प्रतियोगिताको निर्धारित समय ९० मिनेट र थप ३० मिनेटमा समेत १–१ बराबरी गोल रहेको थियो। थप समयमा पनि गोल नभएपछि खेल ‘पेनाल्टी सुटआउट’ मा गएको थियो। 

रुसका गोलकिपर एकिनफिवमाथि रुसी समूहको विश्वास थियो। उनीहरुले आफूहरु टाइब्रेकरमा पुगेमा विजयी हुने विश्वास गरेका थिए। नभन्दै परिणाम पनि त्यस्तै आयो। उनले पेनाल्टी सुट पनि रोकिदिएका थिए। त्यसपछि समर्थकहरुले शुरु गरेको खुशिलायी देशका विभिन्न शहरमै फैलिएको थियो। 

रुस पहिलो पटक क्वाटर फाइनलमा पुगेका हो। आफ्नो घरायसी मैदानको फाइदा उठाएर हासिल गरेको यस जितको खुशियाली देशैभरि मनाइएका समाचारहरु विश्वका सञ्चारमाध्यमहरुमा आएको छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad