प्रदेश ४

सिंगो दल नै संसद बैठकमा अनुपस्थित

आइतबार, १७ असार २०७५, २१ : ०८ नागरिक संवाददाता

पोखरा– आइतबारको प्रदेशसभा बैठकमा दोस्रो ठुलो प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चाका कुनै पनि प्रदेशसभा उपस्थित भएनन्। संसदीय दल नै अनुपस्थित भएको यो पहिलो घटना हो। आइतबार जनमोर्चा नआएतापनि सदनमा भने प्रदेशको महत्वपूर्ण राजधानीको विषयमा छलफल भयो।

बैठकमा अनुपस्थित हुने विषयमा भने राजमोले जानकारी गराएको थियो। बैठकको कार्यसूची तयार गर्ने कार्यव्यवस्था परामर्श समितिका सदस्य समेत रहेका राजमोका प्रदेशसभा सदस्य कृष्ण थापा श्रीमती बिरामी भएका कारण काठमाडौं थिए। बैठक भेट्नको लागि आइतबार बिहानको पहिलो प्लेनको टिकट लिएतापनि प्लेन नआएका कारण उनी बैठकमा आउन सकेनन्। 
‘बिहान साढे आठ बजेको फ्लाईट थियो, पहिलो जहाजमा नै पोखरा आएपछि बैठकमा सहभागी हुने भनेको थिएँ, तर १ बजेसम्म कुर्दा पनि प्लेन उडेन’ थापाले भने, ‘जहाजले ढिलाई गरेकै कारण बैठकमा आउन सकिन्।’ बैठकमा अनुपस्थितीको अन्य कारण नभएको उनले बताए।

अर्का सदस्य पियारी थापा पनि काठमाडौंमा नै थिइन्। आइतबारको बैठक भेट्ने गरि बिहानै काठमाण्डौबाट हिँडेतापनि गाडीले ढिलाई गरेका कारण उनले बैठक भेट्न सकिनन्।
टेकबहादुर थापा पनि बैठकमा आएनन्।

बैठकमा नेकपा, नेपाली कांग्रेस र नयाँ शक्ति नेपाल भने बैठकमा सहभागी थिए। कांग्रेस र नयाँ शक्ति पार्टी प्रतिपक्षी दल हुन भने प्रतिपक्षमा रहेतापनि राजमोले सरकारलाई विश्वासको मत दिएको थियो। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad