१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लागू औषधसहित ५ युवा पक्राउ

उदयपुर– उदयपुरमा प्रहरीले ५ युवालाई लागू औषधसहित नियन्त्रणमा लिएको छ। 

त्रियुगा नगरपालिका ६ लालपत्तास्थित प्रहरी चौकीले आइतबार साँझ चेकजाँचको क्रममा २ युवा र शनिबार साँझ ३ युवालाई नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार २३ एम्पुल (थान) डाईजोपाम, २३ एम्पुल लुपिजेसिक र २३ एम्पुल नै फेनार्गनसहित त्रियुगानगरपालिका १० बोक्सेका समिर मगर र त्रिनपा ११ गाईघाटका मनिष कार्की आइतबार पक्राउ परेका हुन् ।

शनिबार राति त्रिनपा १० बोक्सेका २२ वर्षीय रुपेश मल्लिक, सिराहा लाहान नगरपालिका ११ स्थायी घर भई गाईघाटमा डेरा लिएर बस्दै आएका २२ वर्षीय शिवप्रसाद सिंह र २२ वर्षकै अनिल चौधरी गाईघाटदेखि बोक्से जाने बाटोमा पर्ने राधाकृष्ण मन्दिर परिसरमा हिडिरहेका बेला चेकजाँच गर्दा लागू औषध र गाँजासहित पक्राउ परेका थिए।

प्रहरीले लागू औषध ओसार पसार र प्रयोग गर्ने समय साँझ र रातिभएको भन्दै बेलुकापख गस्ती टोली खटाएर चेकजाँचलाई तिब्रता दिने क्रममा भटाभट युवाहरु लागू औषधसहित पक्राउ पर्ने गरेको एसपी नवराज भट्टले बताए।

उदयपुरमा लागू औषध भित्रिने मुख्य नाका मानिएको उदयपुर र सप्तरीको सीमास्थल लालपत्तालाई विशेष फोकस गरेर चेकजाँच गर्ने गरिएको प्रहरीले जनाएको छ। लालपत्ताचौकी ले जिल्लाबाट बाहिरिनेभन्दा भित्रिने सवारी साधन र मोटरसाइकल सवार युवालाई नियमित चेकजाँच गर्ने गरेको एसपी भट्टले बताए। 

प्रकाशित: १७ असार २०७५ १४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App