१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वीरगन्जमा बैण्डमास्टरको शव भेटियो

वीरगन्ज– वीरगन्जमा सोमबार एक पुरुषको शव फेला परेको छ। सहरको मुख्यचोक घण्टाघर नजिक ढलेको अवस्थामा शव फेला परेपछि घटनास्थलको प्रकृति हेरेर राति हत्या गरेर फालिएको अनुमान गरिएको छ। 

घण्टाघरदेखि पूर्वतर्फ टाँगा पार्किङ स्ट्ण्डबाट भित्र पस्ने गल्लीमा एक सय मिटर पूर्वमा टाउकोमा चोट पटक लागेको र रगत बगेको शव सो ठाउँमा बस्ने स्थानीयले झिसमिसे मै देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त शव वीरगन्ज–८ गहवाका अन्दाजी ५० बर्षीय भिखारी रामको रहेको प्रहरीले जनाएको छ। मृतक राम पशुपति वैण्डका सञ्चालक थिए। 

सेतो कमिज र पाइन्ट तथा रातो रंगको गाम्छा पहिरनमा फेला परेको रामको शव हेर्दा टाउकोमा क्षतविक्षत घाउ चोट छ। शव भेटिएको स्थान अगाडि रहेको राजकिशोर गुप्ताको घरमा सिसिटिभी क्यामेरा समेत रहेकोले त्यसको भिडियो भेटिएमा घटनाको अनुसन्धानमा सहज हुने प्रहरीले जनाएको छ। 

मृतकको घर घटनास्थल भन्दा केही सय मिटरको मात्र दुरीमा छ। घटनाको अनुसन्धान वडा प्रहरी कार्यालय विर्तामार्फत भइरहेको प्रहरी नायब उपरीक्षक सत्य थापाले बताए। 

प्रकाशित: ११ असार २०७५ १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App