१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पूर्वाधार विकासलाई प्राथमिकता

ललितपुरका स्थानीय तहले आर्थिक बर्ष २०७५÷०७६ को बजेटको आकार बढाएका छन् । जिल्लोका सबैजसो स्थानीय तहको आगामी बजेटले पूर्वाधार विकासलाई उच्च विन्दुमा राखेको छ।

ललितपुर महानगरपालिकाले भौतिक पुर्वाधार तर्फ बढी बजेट केन्द्रित गर्ने आर्थिक प्रशासन महाशाखा प्रमुख कनिष्ट भट्टले जानकारी दिए । उनका अनुसार महानगरले गत बर्ष ३ अर्ब बजेट ल्याएकोमा यो बर्षको बजेट ४ अर्ब पुर्याउने अनुमान गरेको छ । यद्यपी महानगरपालिकाले बजेट सार्वजनिक भने गरेको छैन । गोदावरी नगरपालिकाले पनि गत बर्ष भन्दा झन्डै ३६ करोड बजेट बढाएको छ।

आइतबार भएको नगर सभामा भौतिक पूर्वाधारको विकास, आधारभूत स्वास्थ्य र शिक्षा, सडक निर्माण स्त्तरोन्नति, कृषि र पर्यटनको व्यवसायीकरण, खेलकुद क्षेत्रको विकास, सांस्कृतिक सम्पदाको संरक्षण र समृद्धि सहितको योजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो ।

नगरसभाले केन्द्र सरकारबाटबाट प्राप्त हुने ५८ करोड ८७ लाख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने ३ करोड, जिल्ला समन्वय समितिबाट प्राप्त हुने ५ करोड, आन्तरिक आयबाट हुने ११ करोड, सडक बोर्ड नेपाल प्राप्त हुने ३५ लाख गरी जम्मा ७८ करोड २२ लाख १५ हजारको बजेट प्रस्तुत गरेको हो ।

झन्डै २० करोड बजेटको आकार बढाएको महालक्ष्मी नगरपालिकाले पनि पूर्वाधार विकासलाई नै केन्द्रमा राखेको छ । त्यस्तै, कोञ्ज्योसोम, महांकाल र बागमति गाउँपालिकाले सडक यातायात र कृषिलाई मुख्य स्थानमा राखेका छन् । कोञ्ज्योसोमको ३३ करोड ५९ लाख, बागमतीको ३३ करोड ७६ लाख र महांकाल गाउँपालिकाले २७ करोड २४ लाख बजेट आकार तय गरेका छन् ।

 

प्रकाशित: ११ असार २०७५ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App