विश्वकप हेर्न जम्मा भएका व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार, १४ को मृत्यु

आइतबार, १० असार २०७५, १६ : १० एजेन्सी

सिउडाड जुएरेज- मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। 

मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागु औषध प्रयोगकर्ताको समूहको संलग्नतामा शनिबार गोलीकण्ड भएको बताइएको छ। तीमध्ये शहरको दक्षिणी क्षेत्रमा भएको एउटा घटनामा छ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

विश्वकप फुटवल प्रतियोगिता हेर्न जम्मा भएका आठ जनामाथि गोली प्रहार हुँदा छ जनाको मृत्यु भएको र दुइजना घाइते भएका हुन्।  उनीहरुलाई हतियारधारी समूहले गोली प्रहार गरेको सुरक्षा अधिकारीले बताएका छन्। 

त्यही समयमा छिमेकी अर्को ठाउँमा पनि फुटवल हेर्नकै लागि एउटा सैलुनमा भेला भएका अरु पाँच जना पनि मारिएका छन् । निलो भ्यानमा आएका व्यक्तिले उनीहरुलाई आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। 

शनिबार विहानै अरु तीन जनालाई छिमेकीको एउटा भोजबाट निकालेर बन्दुकधारीले हत्या गरेका थिए। यस सहरमा यो एक महिनामा मात्रै १२८ जना मारिएका छन्। 

सरकारले सन् २००६ मा लागूऔषध विरुद्धको विवादास्पद कानुन जारी गरेपछि झण्डै दुई लाख जना मारिएका छन्। सरकारी अधिकारीले ती मारिएकामध्ये कतिजना योजनाबद्धरुपमा आपराधिक क्रियाकलापमा संलग्न थिए भन्ने बारेमा यकिन नभएको बताएका छन्। 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad