लेखिका प्रियंका

बिहिबार, ०७ असार २०७५, १० : १३ एजेन्सी

79


मुम्बई– हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने भएकी छन् । उनको यो पुस्तकमा हालसम्म नखुलाएका निजी कुरा सार्वजनिक गर्नेछन्।

समाचार अनुसार उनले आफ्नो सुरुवाती फिल्मी करियरदेखि अभिनयको शिखरमा पुग्दासम्मको यात्रालाई पुस्तकमा समेट्नेछिन् । अमेरिका र ब्रिटेनमा प्रकाशन हुने पुस्तक अमेरिकाको बैलेनटाइन बुक्सले बजारमा ल्याउनेछ । भारतमा पेन्गुइन रेन्डम हाउस प्रकाशक रहेको पुस्तकमा प्रियंकाका अभिनेत्री, निर्मात्री, सामाजिक कार्यकर्ता र युनिसेफको सद्भावना दूत हुँदाका अनुभव समेटिनेछन्।

बलिउडकी ‘देशी गर्ल’का रुपमा परिचित प्रियंका आफ्नो पुस्तकलाई लिएर निकै उत्साहित छिन् । ‘पुस्तक म जस्तै इमान्दार, रमाइलो, जोशिलो, बोल्ड र बिद्रोही हुनेछ । मैले आफ्नो भावनालाई कहिल्यै पनि खुलेर प्रस्तुत गर्न सकिनँ,’ प्रियंकाले भनेकी छन्, ‘तर अब म यो काम गर्न तयार भएको छु । यो पुस्तक महिलाका लागि प्रेरणाको स्रोत बन्नेछ । जीवनमा केही पनि कुरा मिल्दैन भन्ने सोच राख्ने महिलाका लागि मेरो पुस्तक प्रेरणाको स्रोत हुनेछ । मलाई जीवनमा सबै कुरा चाहिएको थियो । जुन कुरा अहिले मैले प्रमाणित गरिसकेको छु।’

केही समयअघि चर्चित स्तम्भकार भारती एस प्रधानले प्रियंकासँगको अन्तर्वार्तामा आधारित ‘दी डार्क हर्स’ पुस्तक लेखेकी थिइन् । यो पुस्तकमा पनि प्रियंकाका केही पर्दा पछाडिका  कुरा बाहिरिएका थिए ।प्रियंकाले १८ वर्षको उमेरमा एक फिल्ममा अभिनेता बबी देओलको अपोजिटमा रहेर अभिनय गरेकी थिइन् । महेश मान्जरेकर निर्देशित यो फिल्ममा बबी प्रियंकाको नाकका कारण असहज महसुस गरिरहेका थिए । जसकारण बबीले फिल्मबाट हात झिकेपछि प्रियंकाले पनि यो फिल्म गुमाएकी थिइन् ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...