मेसीका लागि अन्तिम मौका !

बिहिबार, ०७ असार २०७५, २३ : ०० एजेन्सी

निज्ने नोभगोरोड – लियोनल मेसीले विश्वकप फुटबलको उपाधि जित्ने समयले बिस्तारै नेटो काट्दै छ । विश्वकप त्यही उपाधि हो जसले मेसीलाई विश्वकै सर्वकालीन महान् खेलाडीको दर्जामा उभ्याउन सक्छ।

यही आइतबार बार्सिलोनाका फरवार्ड मेसीले ३१ वर्षमा पाइला टेक्दै छन् । त्यसको अर्थ हो, रूस विश्वकप सम्भवतः मेसीका लागि उपाधि उचाल्ने अन्तिम मौका बन्न सक्छ । त्यसैले पनि समूह ‘डी’ अन्तर्गत बिहीबार क्रोएसियाविरुद्धको खेलले मेसीको जीवनमा विशेष महत्व राख्नेछ । मेसी मात्र होइन अर्जेन्टिनाका लागि पनि । मेसीले क्लबबाट ४ वटा च्याम्पियन्स लिग, ९ वटा स्पेनिस ला लिगाको उपाधि जितिसकेका छन् । तर, जन्मभूमि अर्जेन्टिनालाई उनले ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जिताउन सकेका छैनन्।

विश्वकपको पहिलो खेलमा मेसीले पेनाल्टी गुमाउँदा आइसल्यान्डसँग १–१ को बराबरीमा चित्त बुझाउनुप¥यो । नव प्रवेशी आइसल्यान्डसँगको बराबरीले अर्जेन्टिनाको अघिल्लो चरण प्रवेश पुग्ने बाटो साँघुरो बन्यो । अब त्यसलाई फराकिलो बनाउनका लागि मेसीको टोलीले बिहीबार क्रोएसियालाई हराउनुपर्नेछ।

‘आइसल्यान्डविरुद्धको खेलमा भएका कमजोरी सुधार्नु आवश्यक छ । तर हामी त्यसमै अल्झेर बस्नु हुँदैन,’ अर्जेन्टिनाका रक्षक ग्याब्रियल मेर्काडोले भने,‘हामीले त्यसबाट माथि उठेर क्रोएसियाविरुद्धको अर्को खेल जित्नुपर्छ ।’
क्रोएसियाले नाइजेरियालाई २–० को नतिजामा हराउँदै तीन अंक जोडेको छ । त्यसैले निज्ने नोभगोरोडमा हुने अर्जेन्टिनाविरुद्धको खेलमा क्रोएसिया तुलनात्मक रूपमा कम दबाबमा हुनेछ । अर्जेन्टिनाको प्रशिक्षण सम्हालेपछि जर्ज साम्पोलीले एउटा खेलमा उतारेको पहिलो रोजाइलाई अर्को खेलमा दोहोर्याएका छैनन् । पुनः एक पटक उनले बोका जुनियर्सका फरवार्ड क्रिस्टियन पाभोनलाई मेसीसँगै आक्रमणको जिम्मेवारी दिन सक्छन्।

छरितो स्वभावका पाभोन दायाँ र बायाँ दुवै भागबाट खेल्न सक्छन् । उनले पिएसजीका एन्जेल डी मारियालाई प्रतिस्थापन गर्ने सम्भावना छ । यसअघिका प्रशिक्षकले जस्तै साम्पोलीले पनि मेसीका लागि सुहाउँदो जोडी खोजिरहेका थिए । फुटबलका महान् हस्ती डिएगो म्याराडोना (१९८६ मा अर्जेन्टिनालाई उपाधि जिताएका)सँग तुलना गरिने मेसीले प्राय एकल प्रयासमा टोलीलाई अघि बढाउँदै आएका छन् ।

‘मलाई लाग्छ साम्पोलीले हरेक पोजिसनका लागि खेलाडी हेरिरहेका छन् । उनले त्यो दिन के निर्णय लिन्छन् भनेर हामी कुरिरहेका छौं,’ पाभोनले भने, ‘मैले मौका पाउने विश्वास गरेको छु र भाग्यवश मेरा लागि सबै कुरा राम्रा भइरहेका छन् । तर म सुरुआती टोलीमा पर्छु भनेर मलाई अझै थाहा छैन।’

सुन्दा अपत्यारिलो लाग्छ सक्छ । तर, अर्जेन्टिनाले २५ वर्षअघि १९९३ मा कोपा अमेरिकाको उपाधि जितेपछि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन । दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाले चार वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकपको फाइनल खेलेको थियो । थपिएको समयमा जर्मनीसँग १–० ले पराजित भएको अर्जेन्टिनाले २०१५ र २०१६ को फाइनलमा चिलीलाई नतिजा सुम्पिएको थियो । ३ वटा फाइनलमा अभागी बनेका मेसी अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने अवसरबाट चुकेका थिए।

अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीले बिहीबार रक्षक मार्कोस रोहोको स्थानमा मार्काडालाई खेलाउने बताइएको छ । त्यस्तै आइसल्यान्डसँगको खेलमा प्रभावशाली प्रदर्शन गर्न नसकेका मिडफिल्डर लुकास बिगलियाको स्थानमा मार्कुस अक्युनालाई पहिलो रोजाइमा खेलाउने सम्भावना छ।

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले फरवार्ड निकोलस कालिनिचलाई घर फर्काइदिएका छन् । नाइजेरियाविरुद्धको खेलमा बेन्चमा रहेका कालिनिचले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्न अटेरी गरेका थिए । एसी मिलानका कालिनिचले ढाडको समस्याका कारण घर फर्किएको बताए पनि क्रोएसियाका सञ्चारमाध्यमले वैकल्पिक खेलाडीका रूपमा मैदान छिर्न अटेर गरेका कारण टोलीबाट निकालिएको बताएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा...

Ncell Footer Ad