१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तमलोपा अध्यक्षमा ठाकुर निर्विरोध

नवलपरासी- तराई मधेस लोकतान्त्रिक पार्टीको नवलपरासीमा जारी प्रथम महाधिवेशनबाट अध्यक्षमा महन्थ ठाकुर निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा हृदयेश त्रिपाठी र उपाध्यक्षमा बृजेशचन्द्र लाल पनि निर्विरोध चयन भएका छन्।

वरिष्ठ उपाध्यक्षका अर्का दाबेदार विश्वनाथप्रसाद यादवले उमेदवारी फिर्ता गरेपछि त्रिपाठी सर्वसम्मत भएका हुन्। नवलपरासी त्रिपाठीको गृहक्षेत्र हो। उपाध्यक्षका अर्का उम्मेदवार शंकरलाल चौधरीले उमेदवारी फिर्ता गरेपछि बृजेश निर्विरोध भएका हुन्। जनजाति कोटाको पाँच केन्द्रीय सदस्य पनि सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ। सहमति जुट्न बाँकी पदमा पनि सहमति प्रयास भइरहेको बताइएको छ।

निर्वाचनका लागि बुधबार बिहान १० बजे मतदाता नामावली प्रकाशन भएको थियो भने दिउँसोबाट पदाधिकारी र केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता भएको थियो। तीन महामन्त्रीमा उमाकान्त झा, जंगीलाल राय, बृजेशकुमार गुप्ता, जितेन्द्र प्रसाद सोनार, बिमल प्रसाद श्रीवास्तव गरी ६ जनाको उम्मेदवारी परेको छ।

तीन सहमहामन्त्रीमा जयप्रकाश ठाकुर, कृष्ण सिंह, समिम मियाँ अन्सारी, सुरेशकुमार मण्डल, जितेन्द्र सिंह, राकेश मिश्र, उदयकिशोर तिवारी, जनार्दनप्रसाद यादव, अभिराम शर्मा, महाजन यादव, पशुपतिदयाल मिश्र, चन्दा चौधरी, राजेन्द्रकुमार साह गरी १३ जनाको उम्मेदवारी परेको समितिले जनाएको छ।

त्यसैगरी कोषाध्यक्षमा कविन्द्रनाथ ठाकुर, अनिता कुमारी यादव, इन्द्रराजप्रसाद सिंहको उम्मेदवारी छ भने केन्द्रीय सदस्यका लागि करिब ५५ जनाको उम्मेदवारी परेको समितिले जनाएको छ। तमलोपाको कुल १ हजार ७६ जना मतदाता प्रतिनिधि रहेका छन्।

प्रकाशित: ९ असार २०७३ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App