१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पूर्वराष्ट्रपति फुटबल पण्डित

मस्को – जेल सजाय भोगिरहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनाको लुला डा सिल्भाले फुटबल पण्डितमा डेब्यु गरेका छन्।

सोमबार ब्राजिलले स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेपछि टोलीको आलोचना गर्दै सिल्भाले स्थानीय सञ्चारमाध्यममा कोलम लेखेका थिए। 

‘छनोट हुनु र विश्वकप खेल्नु फरक कुरा हुन्,’ दा सिल्भाले लेखेका छन्, ‘स्विट्जरल्यान्ड बलियो रक्षापंक्ति भएको टोली हो र धेरै फाउल खेल्यो । उनीहरूले ब्राजिललाई खुलेर खेल्न दिएनन् र नेइमारविरुद्ध निरन्तर फाउल गरे।’

भ्रष्टाचारको आरोपमा गत अप्रिलमा १२ वर्ष जेल सजाय सुनाइएका सिल्भाले आरोपविरुद्ध अपिल गर्न पाउनेछन् । उनले राजनीतिक मुद्दा भन्दै आएका छन्।

सिल्भाले विश्वकपको पहिलो सातामा जर्मनी हार्न सक्छ भनेर प्रमाणित भएको भन्दै नाम चलेका खेलाडीमध्ये रोनाल्डोले मात्र आफूलाई सिद्ध गरेको जनाएका छन्।

प्रकाशित: ५ असार २०७५ १९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App